जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


ढलानमा बलुवा प्रयोग भएको भन्दै स्थानीयले गरे विरोध - 2017-06-28
रौतहट १३ आषाढ़ रौतहट जिल्लाको गौर नगरपालिका वार्ड नम्बर १२ हालको वार्ड नम्बर ६ मा भैरहेको सड़क ढलानमा गुणस्तारहीन निर्माण सामग्री उपभोगता समितिले प्रयोग गरिरहेको भन्दै स्थानीय युवाहरुले विरोध गरेका छन !

डाक्टर जेवाको कारण गर्भवती महिला जोखिममा - 2017-06-27
रौतहट १२ आषाढ़ नियुक्त गरेका महिला डाक्टर जेवा तबस्सुमको हेलचक्रयाईको कारण प्रसव गराउन आउने महिलाहरुको जीवन जोखिमपूर्व भएका छन !

पूर्व सभासद सिंह माथि गराए उजुरी दर्ता - 2017-06-25
११ आषाढ़ संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं पूर्व सभासद बबन सिंह माथि एकजना दलित महिलाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएकी छिन ! घरको अगाडि बलजावरदस्ती अरु व्यक्तिले घर बनाउन लागे पछि अवरोध गर्दा पूर्व सभासद सिंह त्यसको समर्थनमा मारपीट गर्ने धमकी दिएको भन्दै क़ानूनी कार्यवाही गरी ज्यानको सुरक्षाको व्यवस्था मिलाईदिन मांग गर्दै स्थानीय गाउ विकास समिति ब्रह्मपुरी ३ हाल गौर नगर पालिका वार्ड नम्बर १० निवासी संजय राम चमारको ४२ वर्षीय पत्नी इन्दु देवी रामले पूर्व सभासद सिंह सहित ३ जना माथि उजुरी दिएका हुन !

बेपत्ता भएका प्रहरी जवानको शव भेटियो - 2017-06-25
११, असार, चितवन । नारायणगढ(मुग्लिन सडकखण्डमा गएको शुक्रवार राति पहिरोमा परि वेपत्ता भएका दुई प्रहरी जवान मध्ये १ जनाको शव नारायणी नदी किनारामा भेटिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत गोर्खा मकैसिंह(१ घर भएका ३१ वर्षीय प्रहरी जवान लिलबहादुर चेपाङको शव नवलपरासीको देवचूली नगरपालिका(१७ नारायणी नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ ।

व्यवसायिक तालिमका व्यवसायिक तालिमका बारे अन्तक्र्रिया सम्पन्न । - 2017-05-24
हेटौंडा, जेष्ठ १० । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा राष्ट्रसंघको सीप विकास कार्यक्रमको सहकार्यमा मकवानपुरमा दक्ष जनशक्ति तयार विषयक अन्तक्र्रिया सम्पन्न भएको छ ।

पुनः मतगणनाको माग गर्दै ६ विपक्षको नाममा - 2017-05-24
राक्सिराङ गाउँपालिका वडा नं.६ मा रहेको दुईवटा मतदान केन्द्रमा खसेको जम्मा ९४७ मत निर्वाचन अधिकृतको कार्यालय राक्सिराङ चैनपुरमा पु¥याएर गणना गर्दा ८६३ मत मात्र भेटिएपछि फरक परेको ८४ मतको खोजी हुँदा निर्वाचन अधिकृतले वास्ता नगरेपछि उच्च अदालत पाटन, हेटौडा इजलासमा आज ६ विपक्षीको नाममा उजुरी परेको छ ।

मसिनेमा वडाध्यक्षलाई स्वागत - 2017-05-24
हेटौंडा । मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले नवनिर्वाचित जनप्रतिनिधिलाई बुधबार विद्यालयमा स्वागत तथा सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले मनहरी गाउँपालिका–४ (साबिक हाँडीखोला–७) का वडाध्यक्ष तथा सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

अन्तिम वडाको मत गणना सुरु २०० को अपडेट - 2017-05-24
स्थानीय निर्वाचन २०७४, हेटौडा उपमहानगरपालिकाको मतगणना आज अन्तिमदिन बहुप्रतिक्षित वडा, अर्थात् वडा नम्बर ११ जसकोको मतगणनाकार्य भखरै सुरु भएको छ । अहिले हेटौडा उपमहानगरपालिकामा अन्तर्गत १९ वटा वडाहरु रहेका छन् ।

हेटौंडा ९ मा एमाले प्यानलनै बिजयी - 2017-05-24
हेटौडा उपमहानगरपालिका वडा न. ९ को मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सम्पन्न भए भए संगै वडा नं ९ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट लक्ष्मण प्रसाद भण्डारी बिजयी हुनुभएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

288990
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top