जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


मधेश पत्रकार महासंघ रौतहटको गठन


समाज पटक पढिएको दिलीप पाण्डेय


मधेश पत्रकार महासंघ रौतहटको गठन


रौतहट भाद्र २३ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादवको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरिएको हो ।

केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पांडेय , जीतन यादव , राहुल पांडेय ,रिंकू कुमारी रहेका छन ।

सलाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी दिएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थित रहेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पीडित सास्तीमै, राहत रकम फ्रिज - 2017-07-06
२२ असार, काठमाडौं । तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले असारको दोस्रो साता जग्गा खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे । उनी अहिले जग्गाको खोजीमा छन् । जग्गा किनेर सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको डिभिजन कार्यालय सुर्खेतलाई लालपुर्जा दिएपछि मात्रै उनले घर बनाउन ५० हजार रुपैयाँ पाउँछन् ।

गौर नगरपालिकाको स्पष्टीकरण - 2017-07-01
रौतहट १६ सामाजिक सुरक्षा भत्ता वितरणमा करोडौंको भ्रष्टाचार भएको भन्दै विभिन्न सञ्चार माध्यममा सम्प्रेषण भएको समाचार प्रति गौर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको कार्यालयका सुचना अधिकरी सरोज लाल दासले हिजो स्पष्टीकरण पत्र जारी गरि जानकारी गराएका छन ।

रुपनदेहीमा फोरम नेपालको पैनल सहित दुई वाडा अध्यक्ष विजयी - 2017-06-30
१६ असार, बुटवल । रुपन्देहीको दुई स्थानीय तहका दुई वडामा फोरम नेपाल विजयी भएका छन् । रोहिणी गाउँपालिकाको वडा नम्बर २ र मर्चावारी गाउँपालिकाको वडा नम्बर २ मा फोरम नेपालले जित हासिल गरेको हो ।

छात्र छात्राहरुलाई शैक्षिक समाग्री वितरण - 2017-06-30
१६ रौतहट गाउ विकास समिति कार्यालय मुडवलवा रौतहटको सहयोग तथा नेपाल पिछडावर्ग ओ वी सी महासंघ गाउ कमिटी मुडवलवाको आयोजनामा स्थानिय नेमधारी बासुदेव माध्यमिक विधालयमा छात्र छात्राहरुको शैक्षिक समाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय तहको निर्वाचनको परिणाम आउने क्रम जारी ,कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा - 2017-06-30
काठमाडौं- असार- १६ दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको शुक्रबार अपराह्रनसम्म १८ स्थानीय तहको परिणाम घोषित भएको छ। घोषित परिणाम मध्ये एमालेले एक नगरपालिकासहित ९ स्थानीय तहमा जित हासिल गरेको छ भने कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित हासिल गरेको छ ।

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु - 2017-06-29
१५ असार, झापा । जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज केरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नगरपालिकाको कर्मचारीले गरे रकम दुरुपयोग । - 2017-06-28
रौतहट आषाढ़ १४ , गौर नगरपालिका कार्यालय रौतहटका कर्मचारीहरुले मिलोमतो गरी नेपाल सरकारले जेष्ठ नागरिक, दलित, महिला तथा अपाँगलाई समाजिक सुरक्षा वापत उपलब्ध गराउदै आएको रकम व्यापक दुरुपयोग गरेको रहस्य खुलेको छ ।

लागुऔषध सहित एक जना पक्राउ - 2017-06-28
१४ असार, काठमाडौं । प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौं आउदै गरेका मोरङ उर्लाबारी घर भई चावहिल बस्ने २१ बर्षे महेश श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी प्रभाग नागढुङगाले जानकारी दिएको छ ।

दोलखामा दुई घर बगायो, ४ जना बेपत्ता - 2017-06-28
१४ असार, काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित कुत्कुते डाँडा गाउँमा बुधबार बिहान दुई घर पहिरोले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये ३ जना एकै परिवारका हुन् । बिहान करिव १ः३० बजे पहिरो जाँदा मंगले थामीकी श्रीमती शान्ति थामी, छोरीहरु रोशनी थामी र सन्तोषी थामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 NEXT

ताजा समाचार


धेरैले पढेको

263816
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top