जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


राजनिति पटक पढिएको


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

प्रदेश २ का संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

‘नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो,’ उनले भने, ‘संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’

यसै तथ्यलाई मध्य नजर गरेर ९ बुँदे सर्लाही घेाषणा पत्र जारी गरिएके उनले जानकारी गराए ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


प्रदेश नं २ का मुख्यमन्त्रीको राजीनामा माग - 2018-05-16
जेष्ठ ०२ नेकपा मालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध - 2018-05-16
जेठ २ काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

सुन तस्करी प्रकरण : गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण - 2018-05-14
बैशाख ३१ काठमाडौं – सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ। अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति पाएको खुलेको हो।

मुख्यमन्त्री राउतको सम्बोधन मर्यादाविपरित - 2018-05-14
बैशाख ३१ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा गरेको सम्बोधन कुटनीतिक मर्यादाविपरित रहेको बताएका छन् ।

माओवादीका नेता पाँच थान बमसहित पक्राउ - 2018-05-14
३१ वैशाख, हेटौंडा । विप्लव माओवादीका एक मजदुर नेतालाई बमसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा दुर्गानाथ तिमल्सिना छन् र उनको साथबाट पाँच थान बम बरामद भएको छ ।

नेपाली पत्रकारहरुले मोदीलाई बहिष्कार गरे - 2018-05-13
बैशाख ३० काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकार निरीह बनेको छ । मोदीलाई काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा गर्ने अभिनन्दन कार्यक्रममा परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस पास नै भारतीय सुरक्षा अधिकारीहरुबाट अमान्य भएपछि नेपाली सञ्चारकर्मीहरुले मोदीको कार्यक्रम नै बहिष्कार गरेका छन् ।

राजमार्गमा बम, गाडी तोडफोड - 2018-05-13
वैशाख ३०, विराटनगर — पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दर हरैंचा नगरपालिकामा पर्ने खण्डमा बम भेटिएपछि आइतबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ । उक्त नगरपालिकाको वडा ४ र ६ का बीच वडा कार्यालयछेउ बम भेटिएको हो ।

मोदीसँग कोशी पीडितका लागि राहत र मुआब्जा मागिने - 2018-05-09
वैशाख । वैशाख २८ गते जनकपुर भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सप्तरीका कोशी पीडितका लागि राहत मागिने भएको छ ।

स्वार्थ को लागी नगर प्रमुख विरुद्ध ज्ञापन पत्र बुझायो - 2018-05-08
रौतहट २५ बैशाख । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष विगु व्यास र कार्यपालिका सदस्य ग्रिशनन्दन सिंह लगायतकाले मनोमानी ढंगले कामकाज गर्न खोजे पछि सो नगरपालिकाका मेयर सन्तोष मेहता कडा रुपमा प्रस्तुत भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

270300
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top