जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


राजनिति पटक पढिएको


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

प्रदेश २ का संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

‘नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो,’ उनले भने, ‘संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’

यसै तथ्यलाई मध्य नजर गरेर ९ बुँदे सर्लाही घेाषणा पत्र जारी गरिएके उनले जानकारी गराए ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


राष्ट्रपतिले गरिन् विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल - 2017-04-10
राष्ट्रपतिभवन, शीतल निवासमा आज राष्ट्रपति भण्डारीले प्राध्यापक, उद्योग, सञ्चार र समाज सेवालगायत विभिन्न क्षेत्रका बुद्धिजीवी एवम् सरोकारवालासँग तराई-मधेसलगायत समसामयिक विषयमा छलफल गरेकी हुन्।

संविधान संशोधनको नयाँ प्रस्तावमा मधेसी मोर्चासँग छलफल - 2017-04-10
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको परिमार्जित विधेयकमा मधेसी मोर्चाका नेताहरूसँग एक्लाएक्लै छलफल गरेका छन्। मधेसी मोर्चाले उठाउँदै आएका असन्तुष्टि सम्बोधन गर्न संयुक्त कार्यदलले तयार पारेको प्रस्ताव समेटेर परिमार्जित विधेयक मस्यौदा गरिएको हो।

नयाँ संशोधन विधेयक मस्यौदा तयार : प्रधानमन्त्री - 2017-04-09
एमाले र मधेसी मोर्चा दुवैसँग गरेको छलफलका आधारमा नयाँ विधेयकको मस्यौदा शनिबार तयार पारेको छु, यो राष्ट्रिय एकताको संशोधन प्रस्ताव हुन्छ : प्रधानमन्त्री दाहाल एमाले र मोर्चाबाट भने हालसम्म विधेयकको कन्टेन्टबारे छलफल नभएको दाबी

न्यायलयमा राजनीतिक प्रभाव अन्त्य हुनुपर्छः प्रधानन्यायाधीश - 2017-04-09
प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक प्रभाव हरेक क्षेत्रमा देखापरेका कारण देशको समृद्धि हुन नसकेको बताएकी छन्।

मोर्चा सहमत भए दुई चरणमा निर्वाचन - 2017-04-09
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा काँग्रेसले प्रजातन्त्र, सङ्घीयता, समावेशीता, राष्ट्रिय एकता मेलमिलाप, संविधान कार्यान्वयनजस्ता एजेन्डा लिएर जान लागेको बताएका छन्।

ओली किन जाँदैछन् बैंकक ? - 2017-04-08
एमाले अध्यक्ष केपी ओली आज बैंकक जाँदैछन् । नियमति स्वास्थ्य जाँचका उनी वैंकक जान थालेको उनको निजिसचिवालयले जनाएको छ । ओली वैंककमा पाँच दिन रहनेछन् । यस अघि पनि उपचारका लागि ओली बैंकक जाने गरेका थिए ।

वर्षमानको दाबीः एमालेले कात्तिकमा चुनाव गरौं, सरकारमा आउँछु भन्यो - 2017-04-08
२६ चैत्र, बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय चुनाव सारेर कात्तिकमा गर्न नेकपा एमालेले प्रस्ताव ल्याएको दाबी गरेका छन् । एमालेबाट यसरी चुनाव सार्ने प्रस्ताव आउनु आश्चार्यजनक भएको पुनले बताए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

ताजा समाचार


धेरैले पढेको

270315
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top