जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


राजनिति पटक पढिएको


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

प्रदेश २ का संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

‘नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो,’ उनले भने, ‘संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’

यसै तथ्यलाई मध्य नजर गरेर ९ बुँदे सर्लाही घेाषणा पत्र जारी गरिएके उनले जानकारी गराए ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


काँग्रेस सभापति देउवाको आह्वान - 2017-05-13
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि हुने स्थानीय तहको मतदानलाई उल्लासमय पर्वका रुपमा शान्तिपूर्ण तरिकाले सफल बनाउन आह्वान गरेका छन्।

साइबर हमला ९९ देशमा - 2017-05-13
संसारभर दर्जनौं मुलुकका कयौं संघसंस्थामाथि श्रृखंलावद्ध साइबर हमला भएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा निकायले आतंककारीहरुविरुद्ध ह्याकिङ गर्न भनेर विकास गरेको कम्युटर प्रोग्रामकै प्रयोग गरेर पछिल्लो साइबर हमला भएको बताइएको छ।

भोलिको चुनावमा भोट हाल्ने तरिका - 2017-05-13
निर्वाचन आयोगले भोलि मतदानका क्रममा गर्भवती, जेष्ठ नागरिक, अशक्त, दृष्टिविहीन लगायतलाई लाइनमा नबसी मतदान गर्ने व्यवस्था मिलाएको छ । आयोगले हरेक मतदानस्थलमा अशक्त, जेष्ठ नागरिकहरुलाई लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको हो ।

खुशी र शान्तिका लागि नेपाल आइरहने व्यक्ति कोरियामा राष्ट्रपति निर्वाचित - 2017-05-11
दक्षिण कोरियाका नवनिर्वाचित १९ औं राष्ट्रपति मुन जेए–इन ‘खुशी’ र ‘शान्ति’को खोजीमा नेपाल आइरहने ब्यक्ति हुन् । बुद्धको जन्मस्थलले भन्दा पनि उनलाई नेपालीको बुद्धभाव, मिलनसार र हिमालीले यता तानिएका थिए ।

बिश्वो शन्तिको प्रतिक बुद्ध: आज बुद्ध जयन्ति - 2017-05-09
आज बुद्ध जयन्ति अर्थात २६४१ औ शुभ-जन्मजयन्ति पुर्णिमा २६०६औ संबोधि ज्ञान प्राप्त र २५६१औ महापरिनिर्माण पुर्णिमा ।

मतदान केन्द्रको सुरक्षा शैली - 2017-05-09
आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरिक्षकको कमान्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् ।

प्रगतिशील लेखक श्यामप्रसाद शर्मा रहेनन् - 2017-05-07
वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको रोगका कारण निधन भएको छ । ८६ वर्षीय शर्माको आज बिहान आफ्नै घर कमलादीमा निधन भएको हो ।

सुशीला कार्कीका दुई विकल्प, प्रचण्डलाई भेटेर ओलीले भने-अब मिलौं - 2017-05-06
काठमाडौं । शुक्रबार साँझ सर्वोच्च अदालतमा पुगेर हठात हाजिर गरेकी प्रधानन्यायाधीश सुशीला कार्की आइतबारदेखि नियमित काममा र्फकँदैछिन् ।

सेनाले पायो फाष्ट ट्रयाक बनाउने जिम्मा - 2017-05-05
काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएसँगै केही आशा पलाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

270327
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top