जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


राजनिति पटक पढिएको


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

प्रदेश २ का संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

‘नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो,’ उनले भने, ‘संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’

यसै तथ्यलाई मध्य नजर गरेर ९ बुँदे सर्लाही घेाषणा पत्र जारी गरिएके उनले जानकारी गराए ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


संशोधन विधेयक भोटिङमा लैजान सरकारको प्रस्ताव,पहिले मुद्दा फिर्ता हुनुपर्ने राजपाको माग। - 2017-07-20
४ साउन, काठमाडौं । सरकारले राजपा सामू संसदमा विधाराधीन संविधान संशोधन विधेयकलाई भोटिङमा लैजाने प्रस्ताव गरेको छ । भोटिङको परीणाम जे भएपनि चुनावमा आउनु पर्ने सरकारको प्रस्ताव राजपालाई स्वीकार्य नभएको एक नेताले बताए। राजपाले मन्त्रिपरिषदबाट गर्नुपर्ने मुद्दाफिर्ता लगातका निर्णयहरु पहिला गर्नु पर्ने माग सरकार सामु राखेको छ । मुद्दा फिर्ता पछि मात्र संशोधन विधेयक भोटिङमा लैजाने कि नलैजाने र लैजाँदा फेल भए के गर्ने भन्न सकिने राजपाका शीर्ष नेताहरुले बताएका छन् ।

बम विस्फोटमा ३ जना घाइते - 2017-06-25
११ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा माओवादीको चुनावी र्‍यालीलाई लक्षित गरी बम विष्फोट भएको छ । विष्फोटमा ३ जना घाइते भएका छन् ।घाइतेहरुलाई उपचार गर्न बुटवल लगिएको छ ।

उम्मेदवारको घरमा बम विस्फोट - 2017-06-25
असार ११, २०७४ मोरङको उर्लाबारी नगरपालिकाका मेयर पदका उम्मेदवार खड्ग फागोको घरमा बम विस्फोट भएको छ । शनिबार राति २ स् ३० बजेतिर नेपाली कांग्रेसका उम्मेदवार फागोको घरमा बम विस्फोट भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।विस्फोटबाट ठूलो क्षति भने हुन नपाएको उनले बताए । घटनाको प्रकृति हेर्दा टाइम बम हुन सक्ने प्रहरीले आशंका गरेको छ । बम कसले र किन राखेको हो भन्नेबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी निरीक्षक थापाले बताए । थापाले चुनाव बहिष्कार गर्दै आएको समूहले विस्फोट गराएको हुन सक्ने आशंका जनाए । उनले चुनावी वातावरण बिथोल्ने उद्देश्यले विस्फोट गराएको भए पनि सुरक्षामा कुनै कमि नआउने दाबी गरे ।

धनुषामा गोली चल्यो, प्रधानाध्यापक गम्भीर घाइते - 2017-06-25
११ असार, धनुषा । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो ।

शान्त बातावरण बनाउनु जरुरी अध्यक्ष साह - 2017-06-25
१० आषाढ़ राजदेवी एफ एम ९३.२ मेगाहर्ज़ गौरका अध्यक्ष एवम समाजसेवी शम्भू साह मुलुकमा शांतिपूर्ण वातावरण बनाउनु पर्नेमा जोड़ दिएका छन !

ट्रक दुर्घटनामा तीनको मृत्यु - 2017-06-23
९ असार, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

यसरी विदा भए सिंहदरबारबाट प्रचण्ड - 2017-05-24
करिब १० महिना सरकारको नेतृत्व गरेर प्रधानमन्त्री प्रचण्ड सिंहदरबारबाट विदा भएका छन् । उनले बुधबार राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री पद त्यागेको घोषणा गरे ।

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण - 2017-05-22
उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले आइतबार बिहान पश्चिमी क्षेत्र पुकचाङबाट क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

बसले किचेर छात्राको मृत्यु - 2017-05-22
वीरगञ्जको महाविरस्थान नजिकै आज बिहान विद्यार्थी लिन गएको बसले किचेर एक छात्राको मृत्यु भएको छ । वीरगञ्जमा रहेको दिल्ली पब्लिक स्कुलको कक्षा ९ मा अध्ययनरत दीया अग्रवालको मृत्यु भएको हो । दिया स्थानीय व्यापारी राम अग्रवालकी छोरी हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT
255385
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top