जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


राजनिति पटक पढिएको


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

प्रदेश २ का संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

‘नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो,’ उनले भने, ‘संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’

यसै तथ्यलाई मध्य नजर गरेर ९ बुँदे सर्लाही घेाषणा पत्र जारी गरिएके उनले जानकारी गराए ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


फोरमले आज मन्त्रीहरूको टुङ्गो लगाउँदै - 2018-05-31
जेष्ठ १७ सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक केहीबेरमा बस्दैछ।

नेकपा र फोरम नेपाल ‘मिलन’को २ नम्बर प्रदेश राजनीतिमा के हुन्छ - 2018-05-31
काठमाडौँ । सङ्घीय समाजवादी फोरम, नेपालले नेपाल कम्युनिस्ट पार्टीसँग सोमबार दुई बुँदे सम्झौता गरी सरकारमा सहभागी हुने निर्णय गरेसँगै प्रदेश २ को राजनीति पनि तरङ्गित भएको छ ।

कुन प्रदेश तथा स्थानीय तहलाई कति बजेट - 2018-05-30
जेष्ठ १६ सरकारले प्रदेश तथा स्थानीय तहलाई रु एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराउने जनाएको छ ।

पानीजहाज चढ्ने सुवास नेम्वाङको सपना अधुरै - 2018-05-30
जेष्ठ १६ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको पानीजहाज चढेर हिन्द महासागर जाने सपना यो वर्ष अधुरै रहने भएको छ । उनले केही दिन अघि विपक्षी दलका सांसद मिनेन्द्र रिजाललाई कोशीबाट पानी जहाज चढेर हिन्द महासागरसम्मसँगै यात्रा गर्ने प्रस्ताव राखेका थिए । यो आफूले राति नभई दिउँसै देखेको सपना भएको भन्दै उनले पूरा गरेरै छाड्ने बताएका छन् । तर, यो वर्ष पानी जहाज अध्ययनमै सीमित रहने भएको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले कोशी गण्डकी र कर्णाली नदीमा जलमार्ग यातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने बताए ।

लालबाबुको सम्पत्तिबारे ओलीको स्पष्टिकरण - 2018-05-27
जेष्ठ १३ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुले बुझाएको सम्पत्ति विवरणबारे विभिन्न समाचार आएकोमा त्यसमा सत्यता नभएको भन्दै बचाउँ गरेका छन् । उनले मन्त्री बन्ने वित्तिकै सम्पत्ति बढेको कुरामा सत्यता नरहेको स्पष्ट पारे । संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले मन्त्रीको सम्पति सार्वजनिक भएपछि आएका समाचारहरु पढ्न नपाएको भन्दै मन्त्री हुने वित्तिकै सम्पत्ति बढेको कुरा सत्य नभएको बताए ।

पर्सामा नेपाल–भारत उच्च अधिकारीको बैठक सम्पन्न - 2018-05-25
पर्सा । नेपाल–भारतबीचमा रहेका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माणको विषयमा छलफल गर्न दुवै देशका उच्च अधिकारीको वीरगञ्जमा बसेको बैठक आज सम्पन्न भयो ।

वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन - 2018-05-24
जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।

यो वर्ष कर्मचारीको तलब नबढ्ने - 2018-05-24
जेष्ठ १० अर्थमन्त्री डा यूवराज खतिवडाले आगामी आर्थिक वर्षमा निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

भतिजा हत्याको आरोपमा काका पक्राउ - 2018-05-22
जेठ ८ । गत बैशाख २५ गते सप्तरीको शम्भुनाथ नगरपालिकामा भतिजाको हत्या गरि फरार भएका काका पक्राउ परेका छन् । वैवाहिक कार्यक्रम चलिरहँदा मोटरसाइकल पार्किङ गर्ने क्रममा विवाद चर्किएपछि शम्भुनाथ नगरपालिका ७ का ३० वर्षिय अजय चौधरीको टाउँकोमा हतौडाले प्रहार गरि फरार भएका सोही वडा निवासी नाताले काका पर्ने २० वर्षिय आनन्द चौधरी पक्राउ परेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT
255395
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top