जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


राजनिति पटक पढिएको


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

प्रदेश २ का संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

‘नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो,’ उनले भने, ‘संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’

यसै तथ्यलाई मध्य नजर गरेर ९ बुँदे सर्लाही घेाषणा पत्र जारी गरिएके उनले जानकारी गराए ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर - 2017-12-10
२४ मंसिर, काठमाडौं । रौतहटको क्षेत्र नं २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।

रौतहट क्षेत्र नं ३ बाट वाम गठबन्धन तर्फ बाट प्रभु साह विजयी - 2017-12-10
२४ मंसिर, रौतहट । वाम गठबन्धनले प्रदश नं २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ ।

रौतहट क्षेत्र नं १ मा राजपा अगाडि । - 2017-12-09
रौतहट, २२ मंसिर । रौतहटको क्षेत्र नम्बर १ मा राजपा नेपालका उम्मेदवारले अग्रता लिएको छ ।

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट - 2017-12-08
मंसिर २२, २०७४ जिल्लाको भित्री मधेसअन्तर्गत पर्ने परशुराम नगरपालिकाका मतपेटिकालाई सदरमुकाम ल्याउने क्रममा बाटोमा बम विस्फोट भएको छ । तर कुनै क्षति भएको छैन ।

रौतहटको गौरमा मतगणना शुरु हुदै - 2017-12-08
रौतहट २२ मंसीर रौतहटको चार वटै निर्वाचन क्षेत्रको मतगणना शुरु हुन लागेको छ । सर्वदलिय बैठक बिहानै सकिएको छ ।

काँग्रेस विषालु सर्प हो, मधेश र मधेशीलाई डस्ने काम गर्यो अनिल झा - 2017-12-04
रौतहट, १८ मंसिर । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि उम्मेद्धवार अनिल झाले कांग्रेसलाई भोट माँग्ने नैतिक अधिकार नभएको आरोप बताएका छन् ।

संविधान संशोधन गर्ने हैसियत कांग्रेसबाहेक अरुसँग छैन कृष्ण यादव - 2017-12-04
रौतहट, १८ मंसिर । सोमबार रिपोर्टर्स क्लब नेपालले रौतहटको गौरमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले संविधान संशोधन गर्ने हैसियत कांग्रेसबाहेक अरुसँग छैन बताए ।

केन्द्रमामात्रै होईन, २ नम्बर प्रदेशमापनि हामी सरकार बनाउँछौं : मिश्र - 2017-12-04
रौतहट, १८ मंसिर । रौतहट क्षेत्र नम्बर ४ का लागि वाम गठबन्धनका तर्फबाट उम्मेद्धवार रहेका एमाले नेता डा. वंशिधर मिश्रले जनता वाम गठबन्धनको पक्षमा भएकोले यो निर्वाचनमा बहुमत ल्याउनबाट कसैले नरोक्ने बताएका छन् ।

ढुक्क हुनुहोस कांग्रेसले बहुमत ल्याउँछ देवी तिमिल्सिनाल - 2017-12-04
रौतहट, १८ मंसिर । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेद्धवार बनेका देवी तिमिल्सिनाले अबको निर्वाचनमा कांग्रेसले नै बहुमत ल्याउने दाबी गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

270326
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top