जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


राजनिति पटक पढिएको


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधान प्रतिकूल हुनेगरी प्रधानमन्त्री आफैले सेना परिचालन गर्ने प्रावधानसहित आएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ । प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथिनै अंकुश लगाउने गरी आएको सो विधेयक स्वीकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताए ।त्यसैगरी काँग्रेस संसदीय दलको बैठकले महँगी नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


रातोपाटी





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा - 2018-01-12
पुस २८, काठमाण्डौ । सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ ।

अबको प्रमुख कार्यभार विकास र सुशासन , प्रचण्ड - 2018-01-12
बाबियाचौर, म्याग्दी, २८ पुस स् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

नेपाली काग्रेसका नेता माझीको निधन - 2018-01-12
पौष २८ राजविराज, नेपाली काँग्रेसका निष्ठावान् नेता एवम नेवि संघबाट यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्ववियूका पूर्वसभापति राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको बिहीबार असामयिक निधन भएको छ ।

माओवादी मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने - 2018-01-11
पुस २७,काठमाडौं– नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् ।

पृथ्वीनारायण शाहको शालिकमा माला लगाउन राष्ट्रपतिदेखि राजावादीसम्म - 2018-01-11
पुस २७ काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

प्रदेश २ को राजधानी विवाद आन्दोलनबारे फोरममा विवाद - 2018-01-10
वीरगन्ज, २६ पुस । प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउनुपर्ने मागसहित जारी आन्दोलनमा मधेसी दलका नेता तथा कार्यकर्ता मंगलबारदेखि सहभागी भएका छन्। यद्यपि, आन्दोलनमा सहभागितालाई लिएर मधेसी दलभित्र विवाद सुरु भएको छ।यो खबर हामीले आजको अन्नपुर्णपोष्टबाट लिएका हौ।

डा गोविन्द केसीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस जारी,आजै निर्णय सुनाउने तयारी - 2018-01-10
२६ पुस डा गोविन्द केसीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस जारी छ । केसी विरुद्ध दायर मुद्दामाथि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सुरु भएको हो । सुरुमा सर्वोच्चका तर्फबाट बहस भइरहेको छ ।

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका २७ गते सार्वजनिक गरिने - 2018-01-09
पुस २५ काठमाडौं– सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको छ । गत शक्रबार माघ २४ गते गर्नेगरी सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो ।

केसी पक्राउ प्रकरणमा मोर्चाले भन्यो– राज्य निरंकुशतातिर उन्मुख भयो - 2018-01-09
पुस २५ काठमाडौं– सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले डा गोविन्द केसीलाई गिरफ्तार गरेर राज्य निरंकुशता तिर उन्मुख भएको देखिएको टिप्पणी गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

437901
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top