जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


राजनिति पटक पढिएको


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधान प्रतिकूल हुनेगरी प्रधानमन्त्री आफैले सेना परिचालन गर्ने प्रावधानसहित आएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ । प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथिनै अंकुश लगाउने गरी आएको सो विधेयक स्वीकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताए ।त्यसैगरी काँग्रेस संसदीय दलको बैठकले महँगी नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


रातोपाटी





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त - 2018-02-20
फागुन ०८ सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् ।

राष्ट्रियसभाले पायो पूर्णता, राष्ट्रपतिद्वारा तीन जना मनोनीत - 2018-02-20
फागुन ०८ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका तीन जना राष्ट्रियसभाका सदस्यलाई मनोनीत गरेकी छिन्।

उपमेयर क्लबको संयोजकमा किरण ठाकुर - 2018-02-17
फागुन ०५ रौतहट रौतहट जिल्लाका सम्पूर्ण स्थानिय निकायका उपप्रमुखहरुको भेलाले गौर नगरपालिका उपप्रमूख किरण ठाकुरको संयोजकत्वमा उपमेयर कल्ब गठन गरेका छन ।

मुख्यमन्त्रीका लागि आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन - 2018-02-09
माघ २६ प्रदेश १ को मुख्यमन्त्रीको टुंगो आज लाग्दै छ । त्यसका लागि आज ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ ।

पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठन : माधव नेपाल - 2018-02-08
धनगढी, २५ माघ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताउनुभएको छ

ओली प्रचण्डबीच गोप्य भेट सम्पन्न : यस्तो भयो कुरा - 2018-02-08
काठमाडौं, माघ २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष प्रचण्डबीच छलफल सम्पन्न भएको छ । आज बिहिबार सम्पन्न छलफलमा राष्ट्रीय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।

एनआरएन बेल्जियमको सहयोग रौतहटका शितल पिडितलाई - 2018-02-08
रौतहट, २५ माघ ।

जोखिए सांसद आफताब ७४ किलो लड्डुसँग - 2018-02-08
रौतहट । कांग्रेस नेता आफताब आलमलाई उनका समर्थकहरुले तेश्रो पटक सांसद भएको खुशीयालीमा लड्डु मिठाईले तौलेका छन् ।

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र - 2018-02-08
माघ २५ विराटनगर, प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र दिइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

437916
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top