जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


राजनिति पटक पढिएको


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधान प्रतिकूल हुनेगरी प्रधानमन्त्री आफैले सेना परिचालन गर्ने प्रावधानसहित आएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ । प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथिनै अंकुश लगाउने गरी आएको सो विधेयक स्वीकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताए ।त्यसैगरी काँग्रेस संसदीय दलको बैठकले महँगी नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


रातोपाटी





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित ३९ हजार मतभार पाउँदै - 2018-03-14
काठमाडौं । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएका छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । भण्डारीले ३९ हजार २७५ मत भार पाएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईले ११ हजार ७३० मत भार पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

महन्थलाई उपराष्ट्रपति बनाउने ओलीको प्रस्ताव प्रचण्डले मानेनन् - 2018-03-14
काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपतिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम अघि सारेका छन् ।

रौतहटमा ६५ किलोको मालाले स्वागत माधव नेपाललाई - 2018-03-09
फागुन २५ रौतहट– रौतहटमा पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ट नेता माधव कुमार नेपाल लाई ६५ किलोको माला लगाएर स्वागत गरिएको छ ।

देउवालाई माधव नेपालको कडा चेतावनी : परिणाम आफैं भोग्नुपर्छ - 2018-03-06
प्रतिनिधिसभाको बैठक नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै ।काठमाडौं, २२ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षीलाई रचनात्मक सहयोग गर्न आग्रह गरेका छन्।

संविधान गतिशील राजनीतिक दस्तावेज : यादव - 2018-03-06
काठमाडौं, २२ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान गतिशील राजनीतिक दस्तावेज भएकाले यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताए ।

बाबुराम भट्टराईलाई पार्टीमा फर्किन प्रचण्डको आव्हान - 2018-03-06
“एउटै कम्युनिष्ट पार्टी बनाउनु बाहेक अरु कुनै विकल्प छैन”काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटालाई पार्टी प्रवेश गराउनु भएको छ ।

लडाइँझगडाको युग समाप्त गर्न सबै इमान्दार भएर लाग्नुपर्छ महतो - 2018-03-06
काठमाडौँ, २२ फागुन प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै विभिन्न दलका नेताले राष्ट्रिय समस्या समाधानका लागि वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी र प्रचण्डबीच भेटवार्ता - 2018-03-06
२२ फागुन, काठमाडौं । नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

राईस मिलको जग्गा अधिग्रहणका लागि निकाशा माग,खेलकुद मैदान बनाउन आफु प्रतिबद्ध रहेको नगर प्रमुख गुप्ताको भनाई - 2018-02-22
दिलीप पाण्डेय रौतहट १० फागुन गौर राईस मिलको जग्गा अधिग्रहणका लागि अर्थ मन्त्रालयबाट मुआवजाका लागि रकम निकाशा मांग गरिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

437891
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top