जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


राजनिति पटक पढिएको


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

प्रदेश २ का संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

‘नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो,’ उनले भने, ‘संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’

यसै तथ्यलाई मध्य नजर गरेर ९ बुँदे सर्लाही घेाषणा पत्र जारी गरिएके उनले जानकारी गराए ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


इशनाथ नगरपालिका माथि लगाएको सबै आरोप झुठा : मेयर - 2018-05-08
रौतहट २५ बैशाख रौतहट जिल्लाको इशनाथ नगरपालिकाको मेयर र कार्यकारी अधिकृत रामजी जोशी माथी जिल्ला प्रशासन कार्यालयमा गत २३ गते परेको उजुरीको प्रतिक्रिया भुझ्दा स्थानीय नगरपालिकाको वडा न १ र २ का वडा अध्यक्ष क्रमश बिगु प्रसाद गुप्ता र रामलक्ष्मण प्रसाद साह माथी स्थानीय नगरपालिकाका मेयर सन्तोष कुमार मेहताले ठुलो आरोप लगाएका छन ।

मोदीको स्वागतमा भव्य तयारीः जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी - 2018-05-07
काठमाडौं । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । मोदीले आसन्न राजकीय भ्रमणमा नेपालसँग एकसाथ राजनीतिक, विकास साझेदारी र धार्मिक सम्बन्ध सुदृढ भएको सन्देश दिन चाहेका छन् । खासमा तीन वर्षअघि नेपाल आउँदाको सकारात्मक छवि पुनस्र्थापनामा उनले जोड दिनेछन् ।

जिराभवानी गाउँपालिकामा गोलि चल्दा, पाँच प्रहरी घाईते - 2018-05-07
वीरगंज, वैशाख २४ – पर्साको जिराभवानी गाउँपलिका वडा नं १ चिनीमिलचोकमा स्थानिय र प्रहरीबिच झड्प भई गोलि चल्दा ५ प्रहरी घाइते भएका छन् । मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतिय नागरीक र दुईजना मोवाईल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवा पुगेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानिय र प्रहरीबिच सोमबार विहान झड्प भएको बुझिएको छ । झडपका क्रममा प्रहरीले २७ राउण्ड हवाई फायर समेत गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय - 2018-05-05
बैशाख २१ गत्ते,जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक हुने भएको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ - 2018-03-26
चैत १२ गत्ते, रौतहट । भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर एवं रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् । सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो ।

फोरम र राजपा लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी - 2018-03-16
चैत्र ०२ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।प्रधानमन्त्रीमा नियुक्त भएको करिब एक महिनापछि ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको हो ।

प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा - 2018-03-15
काठमाडौँ, १ चैत । हिजोमात्रै पदमुक्त भएका भनिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन् । शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनले राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित ३९ हजार मतभार पाउँदै - 2018-03-14
काठमाडौं । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएका छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । भण्डारीले ३९ हजार २७५ मत भार पाएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईले ११ हजार ७३० मत भार पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

महन्थलाई उपराष्ट्रपति बनाउने ओलीको प्रस्ताव प्रचण्डले मानेनन् - 2018-03-14
काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपतिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम अघि सारेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

264564
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top