जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


राजनिति पटक पढिएको


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधान प्रतिकूल हुनेगरी प्रधानमन्त्री आफैले सेना परिचालन गर्ने प्रावधानसहित आएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ । प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथिनै अंकुश लगाउने गरी आएको सो विधेयक स्वीकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताए ।त्यसैगरी काँग्रेस संसदीय दलको बैठकले महँगी नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


रातोपाटी





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सुशीला कार्कीका दुई विकल्प, प्रचण्डलाई भेटेर ओलीले भने-अब मिलौं - 2017-05-06
काठमाडौं । शुक्रबार साँझ सर्वोच्च अदालतमा पुगेर हठात हाजिर गरेकी प्रधानन्यायाधीश सुशीला कार्की आइतबारदेखि नियमित काममा र्फकँदैछिन् ।

सेनाले पायो फाष्ट ट्रयाक बनाउने जिम्मा - 2017-05-05
काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएसँगै केही आशा पलाएको छ ।

चुनाबी तालमेलको असफल खेल - 2017-05-04
पहिलो चरणको स्थानीय चुनावमा ४ वटा महानगरपालिका चर्चाको शिखरमा पुगेका छन् । दुई ठूला दल कांग्रेस र एमाले सबै महानगरपालिकामा माओवादी र राप्रपाको साथ लिएर जित आफ्नो पक्षमा पार्ने दाऊमा लागेका छन् ।

प्रधानमन्त्रीद्वरा महाअभियोग फिर्ता लिन अस्वीकार,चाँडै भोटिङ गरियोस एमाले - 2017-05-04
प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन नेकपा एमालेले गरेको आग्रह प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेका छन् ।

दलहरु बीच अनौठा चुनाबी तालमेल - 2017-05-03
स्थानीय तह निर्वाचनका लागि मुख्य राजनीतिक दलहरू चुनावी तालमेलमा जुटेका छन् । सत्तारुढ कांग्रेस–माओवादी केन्द्र, एमाले, राप्रपा, नयाँ शक्ति, संघीय समाजवादी फोरमलगायतका दलहरूले स्थानीय सापेक्षताका आधारमा चुनावी तालमेल सुरु गरेका छन् ।

सुडान घोटालामा तीन पूर्व आइजिपीलाई जेल सजाय - 2017-05-01
सर्वोच्च अदालतले बहुचर्चित ‘सुडान मिसन भ्रष्टाचार’ मुद्दामा संलग्न नेपाल प्रहरीका तीन पूर्वप्रमुखसहित सात जनालाई जेल सजायको फैसला गरेको छ।

इपिएस तयारीमा जुट्नुहोस - 2017-04-21
इपिएस कोरिया शाखाले आठौं कोरियन भाषा परीक्षाका लागि २६ वटा परीक्षा केन्द्र प्रस्ताव गरेको छं। मानव संसाधन विकास (एचआरडी) कोरियामा प्रस्तावित परीक्षा केन्द्रको नामावली पठाइएको शाखाले जनाएको छ।

कुवेतबाट धुर्मुस-सुन्तलीको मुसहर बस्ती निर्माणमा दश लाख सहयोग - 2017-04-20
धुर्मुससुन्तली फाउण्डेसनले निर्माण गरिरहेको महोत्तरीको बर्दिबास स्थित नमूना मुसहर बस्ति निर्माणमा कुवेतबासी नेपालीहरुले दश लाख सहयोग गरेका छन् |

मैना सुनुवार हत्यामा तीन पूर्व सैनिक ‘दोषी' - 2017-04-17
माओवादी सशस्त्र द्वन्द्वकालताकाको एउटा निकै चर्चित काण्डमा काभ्रे जिल्ला अदालतले एक किशोरीको यातना र हत्याका निम्ति दोषी ठहर्याउँदै नेपाली सेनाका तीन जनालाई २० वर्षको कैद सजाय सुनाएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

437937
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top