जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


राजनिति पटक पढिएको


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधान प्रतिकूल हुनेगरी प्रधानमन्त्री आफैले सेना परिचालन गर्ने प्रावधानसहित आएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ । प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथिनै अंकुश लगाउने गरी आएको सो विधेयक स्वीकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताए ।त्यसैगरी काँग्रेस संसदीय दलको बैठकले महँगी नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


रातोपाटी





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


प्रधानमत्री प्रचण्ड सहित शीर्ष नेताहरु द्वारा मतदान - 2017-05-14
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुभयो ।

राष्ट्रपति द्वारा भोलिहुने चुनाव शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान - 2017-05-13
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान गरेकी हुन्।

काँग्रेस सभापति देउवाको आह्वान - 2017-05-13
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि हुने स्थानीय तहको मतदानलाई उल्लासमय पर्वका रुपमा शान्तिपूर्ण तरिकाले सफल बनाउन आह्वान गरेका छन्।

साइबर हमला ९९ देशमा - 2017-05-13
संसारभर दर्जनौं मुलुकका कयौं संघसंस्थामाथि श्रृखंलावद्ध साइबर हमला भएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा निकायले आतंककारीहरुविरुद्ध ह्याकिङ गर्न भनेर विकास गरेको कम्युटर प्रोग्रामकै प्रयोग गरेर पछिल्लो साइबर हमला भएको बताइएको छ।

भोलिको चुनावमा भोट हाल्ने तरिका - 2017-05-13
निर्वाचन आयोगले भोलि मतदानका क्रममा गर्भवती, जेष्ठ नागरिक, अशक्त, दृष्टिविहीन लगायतलाई लाइनमा नबसी मतदान गर्ने व्यवस्था मिलाएको छ । आयोगले हरेक मतदानस्थलमा अशक्त, जेष्ठ नागरिकहरुलाई लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको हो ।

खुशी र शान्तिका लागि नेपाल आइरहने व्यक्ति कोरियामा राष्ट्रपति निर्वाचित - 2017-05-11
दक्षिण कोरियाका नवनिर्वाचित १९ औं राष्ट्रपति मुन जेए–इन ‘खुशी’ र ‘शान्ति’को खोजीमा नेपाल आइरहने ब्यक्ति हुन् । बुद्धको जन्मस्थलले भन्दा पनि उनलाई नेपालीको बुद्धभाव, मिलनसार र हिमालीले यता तानिएका थिए ।

बिश्वो शन्तिको प्रतिक बुद्ध: आज बुद्ध जयन्ति - 2017-05-09
आज बुद्ध जयन्ति अर्थात २६४१ औ शुभ-जन्मजयन्ति पुर्णिमा २६०६औ संबोधि ज्ञान प्राप्त र २५६१औ महापरिनिर्माण पुर्णिमा ।

मतदान केन्द्रको सुरक्षा शैली - 2017-05-09
आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरिक्षकको कमान्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् ।

प्रगतिशील लेखक श्यामप्रसाद शर्मा रहेनन् - 2017-05-07
वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको रोगका कारण निधन भएको छ । ८६ वर्षीय शर्माको आज बिहान आफ्नै घर कमलादीमा निधन भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

437888
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top