जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


राजनिति पटक पढिएको


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधान प्रतिकूल हुनेगरी प्रधानमन्त्री आफैले सेना परिचालन गर्ने प्रावधानसहित आएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ । प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथिनै अंकुश लगाउने गरी आएको सो विधेयक स्वीकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताए ।त्यसैगरी काँग्रेस संसदीय दलको बैठकले महँगी नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


रातोपाटी





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कांग्रेसमा विवाद हुँदा दुई पक्षबीच झडप, एक दर्जन बढी घाइते - 2017-09-06
सिरहा । तेस्रो चरणको स्थानीय निर्वाचनमा लागि उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिराहामा कांग्रेस कार्यकर्ताबीच बुधबार झडप हुदा एक दर्जन भन्दा बढी घाइते भएको छ।

राजपाबाट टिकट नपाएका विमल श्रीवास्तव फोरम लोकतान्त्रिकबाट उम्मेदबार - 2017-09-06
बीरगञ्ज । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालबाट बीरगञ्ज महानगरपालिकाको टिकट नपाएका पूर्व मेयर विमल श्रीवास्तव नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदबार बनेका छन् ।

रा.ज.पा.बाट टिकट नपाए पछि मनोज गिरीद्धारा स्वतन्त्र उम्मेदवारीको घोषणा - 2017-09-03
दिलिप पाण्डे रौतहट भाद्र १८ । गौर नगरपालिकामा उप मेयर पदका लागि स्वतन्त्र उम्मेदवार भई मनोज गिरीले प्रचार प्रसार शुरु गरेका छन् । राष्ट्रिय जनता पार्टि नेपाल (रा.ज.पा.) रौतहटको अध्यक्ष मण्डलको सदस्य समेत रहेका

रौतहटमा विभिन्न पार्टी प्रत्याग गरि ने.क.पा माअोबादीमा प्रवेश। - 2017-08-31
रौतहट।भदौ १५ रौतहट जिल्लाको विभिन्न ठाउँमा विभिन्न पार्टी प्रत्याग गरि ने.क.पा माअोबादी पार्टीमा प्रवेश गरेकाछन। ने.क.पा माअोबादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको प्रमुख अतिथिमा रहेकोथियो।

रौतहटमा चुनावी माहौल ,उम्मीदवारहरु घरदैलोमा जुटयो । - 2017-08-28
रौतहट।भदौ ११ राष्ट्रिय जनता पार्टी नेपालको चुनावमा सहभागी हुने निर्णय पछि प्रदेश नम्बर २ को विभिन्न जिल्लामा चुनावी माहौल बनेका छन ! आसन्न तेस्रो चरण अन्तर्गत आसोज २ गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा राजनितिक दलहरु जुटिसके पछि चुनावमा बातावरण बनेको हो !

रौतहटमा फोरमले स्थानीय तहकाे उम्मेदवार छानौट गरे - 2017-08-26
रौतहट, भदौ १०, २०७४। संघीय समाजवादी फोरम नेपाल रौतहटले अधिकांश स्थानीय तहको उमेदवार चयन गरेको छ । जिल्लामा रहेको अठारह स्थानीय तह मध्ये एघार तहको प्रमुखको उमेदवार अन्तीय टुंगो लगाएको हो ।

रौतहटमा राति एमाले अध्यक्ष अोलीको पुतला दहन। - 2017-08-23
रौतहट।भदौ०६। मधेसीको हकहितमा संविधान संशोधन विधेयक भोटीङ्ग प्रकृयाले फेल भएपछि राती ८ बजे पछि नेकपा एमालेका अध्यक्ष एबम् पुर्व प्रधान मन्त्री केपी शर्मा ओलीको पुतला दहन भएको छ । सोमबार व्यवस्थापिका संसदमा निर्णयार्थ पेश भएको संविधान संशोधन विधेयक फेल भएपछि मंगलबार राती राजपा नेपालीका केही नेताहरुले एमाले अध्यक्ष ओलीको पुतला दहन गरेको हो ।

मौसमले साथ नदिए चुनाव दुई चरणमा - 2017-08-22
६ भदौ, काठमाडौं । निर्वाचन आयोगले १० मंसिरका लागि तोकिएको चुनाव मौसमले साथ नदिए दुई चरणमा हुन सक्ने बताएको छ ।

१५ जना राज्यमन्त्री थपिए आजै सपथ ग्रहण - 2017-08-22
भाद्र 6, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले आज चौथो पटक मन्त्रिमण्डल विस्तार गर्दै हुनुहुन्छ । उहाँले आज १५ जना राज्यमन्त्री थप्ने बताइएको छ ।थपिएका राज्यमन्त्रीलाई अहिले केहिबेरमा पद तथा गोपनियताको सपथ गराइँदै छ । प्रधानमन्त्रीले देउवाले आइतबार मात्रै माओवादीका ८ जना राज्यमन्त्री थप्नु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

437895
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top