जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार


राजनिति पटक पढिएको दिलीप पाण्डेय


प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार


दिलीप पाण्डेय आषाढ ०३ सघीय तथा प्रदेशीक सरकारले रौतहटसंग सौतेला ब्यवहार गरेको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बताएको छ । ने.क.पा.का.अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सघीय सरकारले राष्ट्रिय बजेटमा रौतहटलाई उपेक्षा गरेकोलाई फरक पार्टीले ल्याएको बजेटका कारण भेदभाव भएको बुझिन्छ तर प्रदेश सरकारले पनि रौतहटसंग गरेको भेदभावले यसलाई गम्भीर बिषयको रुपमा लिनुपर्ने नगर प्रमुख अजय गुप्ताले बताएका छन ।

एक टेलिभिजनको कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले त्यस्तो आरोप लगाएनु भएको छ । 

फरक प्रसंगमा बोल्दै नगर प्रमुख अजय गुप्ताले गौरको मुटोको रुपमा रहेको राईस मिलको जग्गा अधिग्रहणका लागि आफुले हर सम्भव कदम चल्ने बताउनु भयो 

गौर राईस मिलको जग्गा खेलकुद मैदानको रुपमा प्रयोग गर्ने र रगशाला बनाउने जनताको मागलाई नगरपालिकाले जसरी भए पनि अधिग्रहण गरी छाडने गुप्ताले बताएका छन ।

बर्षौ देखि बिवादीत रहेको राईसमिलको जग्गा कानुनी रुपमा भने निजी सम्पति रहेको देखिन्छ । तर राईस मिलको जग्गा निजी कारण हुनमा भु माफियाले चहलखेल गरेको जन गुनोसो रहेको छ ।

राईस मिलको जग्गा अधिग्रहणका लागि नगर प्रमुख अजय गुप्ताले आफै सक्रिय भई सघीय मामिला मन्त्रालयबाट रकम निकासाको लागि अर्थ मन्त्रालयमा फाईल पठाएको बताउनु भयो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन - 2018-05-24
जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।

यो वर्ष कर्मचारीको तलब नबढ्ने - 2018-05-24
जेष्ठ १० अर्थमन्त्री डा यूवराज खतिवडाले आगामी आर्थिक वर्षमा निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

भतिजा हत्याको आरोपमा काका पक्राउ - 2018-05-22
जेठ ८ । गत बैशाख २५ गते सप्तरीको शम्भुनाथ नगरपालिकामा भतिजाको हत्या गरि फरार भएका काका पक्राउ परेका छन् । वैवाहिक कार्यक्रम चलिरहँदा मोटरसाइकल पार्किङ गर्ने क्रममा विवाद चर्किएपछि शम्भुनाथ नगरपालिका ७ का ३० वर्षिय अजय चौधरीको टाउँकोमा हतौडाले प्रहार गरि फरार भएका सोही वडा निवासी नाताले काका पर्ने २० वर्षिय आनन्द चौधरी पक्राउ परेका हुन् ।

प्रदेश नं २ का मुख्यमन्त्रीको राजीनामा माग - 2018-05-16
जेष्ठ ०२ नेकपा मालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध - 2018-05-16
जेठ २ काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

सुन तस्करी प्रकरण : गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण - 2018-05-14
बैशाख ३१ काठमाडौं – सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ। अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति पाएको खुलेको हो।

मुख्यमन्त्री राउतको सम्बोधन मर्यादाविपरित - 2018-05-14
बैशाख ३१ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा गरेको सम्बोधन कुटनीतिक मर्यादाविपरित रहेको बताएका छन् ।

माओवादीका नेता पाँच थान बमसहित पक्राउ - 2018-05-14
३१ वैशाख, हेटौंडा । विप्लव माओवादीका एक मजदुर नेतालाई बमसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा दुर्गानाथ तिमल्सिना छन् र उनको साथबाट पाँच थान बम बरामद भएको छ ।

नेपाली पत्रकारहरुले मोदीलाई बहिष्कार गरे - 2018-05-13
बैशाख ३० काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकार निरीह बनेको छ । मोदीलाई काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा गर्ने अभिनन्दन कार्यक्रममा परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस पास नै भारतीय सुरक्षा अधिकारीहरुबाट अमान्य भएपछि नेपाली सञ्चारकर्मीहरुले मोदीको कार्यक्रम नै बहिष्कार गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

231816
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top