जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


राजनिति पटक पढिएको


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधान प्रतिकूल हुनेगरी प्रधानमन्त्री आफैले सेना परिचालन गर्ने प्रावधानसहित आएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ । प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथिनै अंकुश लगाउने गरी आएको सो विधेयक स्वीकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताए ।त्यसैगरी काँग्रेस संसदीय दलको बैठकले महँगी नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


रातोपाटी





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक बोलायो - 2017-10-09
असोज २३ काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

प्रमुख तिन दलद्धारा उम्मेदवार सिफारिस - 2017-10-09
अश्विन 23, कपिलवस्तु आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवार छानेका छन् । तिन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा लामो कसरत पछि तिन ठुला दलले उम्मेदवारको नाम टुङ्गो लगाएका हुन् ।

स्थानीय बृद्धले गरे वडा कार्यालय उद्घाटन - 2017-10-06
रौतहट।अशोज २० रौतहटको सदरमुकाम गौर नपा वडा नं-४ गढवा टिकुलीया बाट नवनिर्वाचित वडा अध्यक्ष श्री भुनेश्वर कुमार शाही ज्यु आज मिती २०७४/०६/२० गते शुक्रबारका दिन स्थानीय बृद्ध राम यज्ञा दास ज्यु बाट वडा कार्यालयको उद्घाटन पश्चात कार्यालाय प्रवेश गरी पदभार गह्रण गर्नु भएको छ!

मेयर / उपमेयर द्वारा वडा न ७ को वडा कार्यालय उद्घाटन। - 2017-10-06
रौतहट।अशोज २० रौतहट जिल्लाको गौर नगरपालिका अन्तरगतको वार्ड नं ७ को कार्यालय आज विधिवत रुपमा नव निर्वाचित मेयर अजय गुप्ता र उपमेयर किरण ठाकुरले उद्घाटन गरेको छ ।

नेपाल कै वडामा एमाले चौथो, राजपा पहिलो - 2017-09-21
गौर । तेस्रो चरणको स्थानीय निकायको निर्वाचनमा एमाले नेता एवं पुर्व प्रधानमन्त्री माधव नेपालको वडामा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल विजयी भएको छ ।

गौर न.पा.४को टिकुलियामा वडा अध्यक्ष सहनीको चर्चै चर्चा - 2017-09-15
रौतहट भाद्र ३० । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं.४ को टिकुलियामा नेपाल कम्युनिष्ट माओवादी पार्टिको तर्फबाट वडा अध्यक्ष उम्मेदवार सँजय सहनीको चर्चा नै चर्चा भैरहेको देखिन्छ ।

राजपा उप मेयर उम्मेदवार ठाकुरको घरदैलो तिब्र - 2017-09-13
रौतहट, २८ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालबाट गौर नगरपालिकाको नगरपालिकाको उप मेयर पदका उम्मेदवारकिरण ठाकुरको घरदैलो कार्यक्रमले तिब्रता पाएको छ ।

राजपुर न.पा.२ को फतुहा महेशपुरमा वडा अध्यक्ष महतोको चर्चै चर्चा - 2017-09-13
हरेन्द्र कुमार साह रौतहट भाद्र २८ । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं.२ को फतुहा महेशपुरमा राष्ट्रिय जनमोर्चा पार्टिको तर्फबाट वडा अध्यक्ष उम्मेदवार हरिकिशोर महतोको चर्चा नै चर्चा भैरहेको देखिन्छ ।

रा.ज.पा.का मेयर पदका उम्मेदवार पटेलको भतिजाको माओवादिद्धारा हत्या - 2017-09-12
रौतहट भाद्र २७ । रौतहटको मौलापुर नगरपालिकामा मेयर पदका उम्मेदवार धिरज पटेलको भतिजाको माओवादका कार्यकर्ताहरुले टे«क्टर दुर्घटना गरी हत्या गरेको धिरज पटेलले आरोप लगाएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

437906
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top