जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


राजनिति पटक पढिएको


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

प्रदेश २ का संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

‘नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो,’ उनले भने, ‘संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’

यसै तथ्यलाई मध्य नजर गरेर ९ बुँदे सर्लाही घेाषणा पत्र जारी गरिएके उनले जानकारी गराए ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


‘राजनीति हो, फेरि मामा–भान्जाकै पर्ने भयो’ - 2017-10-23
नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग मिसिएपछि असन्तुष्ट बनेका लोकतान्त्रिक फोरमका सांसद तथा पूर्वराज्यमन्त्री मोहमद मुस्ताक आलम एमाले प्रवेश गरेका छन् ।

पूर्वमन्त्री मुस्ताक आलम एमाले प्रवेश - 2017-10-22
५ कात्तिक,काठमाडौं । कांग्रेससँग पार्टी एकीकरणप्रति असहमति जनाउँदै लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री तथा पूर्व राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । रौतहट २ बाट चुनाव जितेका आलम आइतवार एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।

राजपाका केन्द्रिय महासचिव सुरिता साहको नाम महोत्तरीको तिन क्षेत्रबाट सिफारिस - 2017-10-10
महोत्तरी । राजपाका केन्द्रिय महासचिव तथा पुर्व राज्यमन्त्री सुरिता साहको नाम महोत्तरीको क्षेत्र नं २,३ र ४ बाट सिफारिस गरिएको छ ।

सिरहामा घाँटी रेटर हत्या - 2017-10-10
२४ असोज, सिरहा । जिल्लाको कर्जन्हा नगरपालिका १० मा एक जनाको घाँटी रेटर हत्या भएको छ । ३८ बर्षीय शशिभूषण साहको गयराती हत्या भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।

निर्वाचन सार्ने प्रधानमन्त्रीको प्रस्ताव लिएर मन्त्री पुगे शीतलनिवास - 2017-10-10
अश्विन 24, मंगलबार सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने औपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाह हुने भन्दै सरकारलाई सचेत गराएकी छिन् ।

गौचनको हत्या गर्ने तीन जना पेस्तोलसहित पक्राउ - 2017-10-09
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रौतहटको ईसनाथ नगरपालिका वर्डा नं ७ मा काग्रेंसका धाधलि - 2017-10-09
असोज २3 रौतहट । रौतहटको ईसनाथ नगरपालिका वर्डा नं ७ जटहरामा भएको दुई दल विचको झडपमा परि एक बालिकाको अवस्था चिन्ताजनक रहेको छ भन्ने एक दर्जन भन्दा बाढी घाईते भएको छ ।

सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक बोलायो - 2017-10-09
असोज २३ काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

प्रमुख तिन दलद्धारा उम्मेदवार सिफारिस - 2017-10-09
अश्विन 23, कपिलवस्तु आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवार छानेका छन् । तिन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा लामो कसरत पछि तिन ठुला दलले उम्मेदवारको नाम टुङ्गो लगाएका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

264485
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top