जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


राजनिति पटक पढिएको


राष्ट्रिय सुरक्षा परिषद विद्येयक तत्काल फिर्ता लिन काँग्रेसको माग


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधान प्रतिकूल हुनेगरी प्रधानमन्त्री आफैले सेना परिचालन गर्ने प्रावधानसहित आएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ । प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथिनै अंकुश लगाउने गरी आएको सो विधेयक स्वीकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताए ।त्यसैगरी काँग्रेस संसदीय दलको बैठकले महँगी नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


रातोपाटी





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


राजपाको घरदैलो कार्यक्रम - 2017-11-18
रौतहट २ मंसिर राष्ट्रिय जनता पार्टीका रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल कुमार झाले घरदैलो कार्यक्रम गरेका छन ।

विधायकमा पूर्व मेयर बाबुलाल शाहको चर्चा - 2017-11-17
रौतहट, ०१ मंसिर । रौतहट क्षेत्र न १ को ख बाट विधायक उम्मेदवार बनेका पूर्व मेयर बाबुलाल शाह जनता बिच लोकप्रिय बन्दै गएका छन् ।

विधायकमा संजिव यादब को चर्चा - 2017-11-17
रौतहट, ०१ मंसिर । रौतहट क्षेत्र न १ को ख बाट विधायक उम्मेदवार बनेका संजिव यादव जनता बिच लोकप्रिय बन्दै गएका छन् ।

मधेशबादी दलले बिभिन्न बहानामा मधेशीलाई ठगीरहेको छ ? मन्त्री प्रभुु साह - 2017-11-17
रौतहट विभिन्न मुद्दा अघि सारेर मधेसबादी दलले मधेसीलाई ठग्दै आएको रौतहट ३ नम्वर क्षेत्रमा उम्मेदवार तथा मन्त्री प्रभु साहले आरोप लगाएका छन ।

कांग्रेस नेता डा रामशरण महत माथि ककनी मा प्रेसर कुकर बम प्रहार - 2017-11-17
१ मंसिर कांग्रेस नेता डा रामशरण महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा वम विष्फोट भएको छ ।त्यहाँको ककनी–५, काउलेथामा बम विष्फोट भएको हो ।

रौतहटमा कांग्रेस संघीय र फोरम गठबन्धन विजयी - 2017-11-10
रौतहट २४ कात्तिक । जिल्ला समन्वय समिति रौतहटको शुक्रबार भएको निर्वार्चनमा कांग्रेस र संघीय समाजवादी फोरमको गठबन्धन बिजयी भएको छ ।

रुकुममा शर्मा चढेको गाडीलाई लक्षित गरी २ वटा बम प्रहार - 2017-11-10
कात्तिक २४ पश्चिम रुकुममा विनाविभागीय मन्त्री तथा प्रतिनिधसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी दुई वटा बम प्रहार भएको छ ।

सीके राउतद्धारा मधेश टुक्रिन सक्छ राप्रपाको घोषणापत्र - 2017-11-07
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा मधेश टुक्रिन सक्ने बताइएको छ ।

कांग्रेस र माओवादी बीच विवादमा खुकुरी हानाहान, ३ जना घाइते - 2017-11-05
गोरखा । भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

437858
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top