जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


राजनिति पटक पढिएको


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

प्रदेश २ का संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

‘नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो,’ उनले भने, ‘संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’

यसै तथ्यलाई मध्य नजर गरेर ९ बुँदे सर्लाही घेाषणा पत्र जारी गरिएके उनले जानकारी गराए ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रौतहट क्षेत्र नम्बर १ मा दुई पूर्वमन्त्रीबीच तीव्र प्रतिस्पर्धा,कसले मार्ला बाजी - 2017-11-30
रौतहट १५ मसिर: रौतहट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा अहिले चुनावी रौनक निकै बढेको छ। राजपा नेपालका केन्द्रिय सदस्य अनिलकुमार झा र वाम गठबन्धनका तर्फबाट सत्यनारायण भगत चुनावी मैदानमा छन्।

नेपाली काँग्रेसले १ मतदाताको मुल्य ८ हजार तोकेपनि बाम गठबन्धन नै जित्ने - पूर्व मन्त्री मो. मुस्ताक अालम - 2017-11-29
रौतहट १३ मंसीर // संसदिय निर्वाचन क्षेत्र नम्बर २ बाट बाम गठबन्धनका ससदका उमेदवार मो.मुस्ताक आलम उर्फ राजाबाबुले नेपाली काग्रेस एक मत ८ दिन्छ ।

राजपाको प्रचार प्रसारमा प्रहरी हस्तक्षेप, कारवाहीको माग - 2017-11-28
काठमाडौं । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको चुनावी प्रचार प्रसारमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रचार प्रसारका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही कार्यकर्ताहरु घाइते भएका छन् भने केहीलाई पक्राउ गरिएको राजपाले जनाएको छ ।

निर्वाचनमा के गर्दै छन् डा सीके राउत - 2017-11-28
काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा सीके राउतले निर्वाचनमा ‘नो भोट’ अन्तरगत कोठा बाहिर मतदानलाई निरन्तरता दिएका छन् । उक्त अभियानलाई स्थानीय स्तरसम्म प्रचार प्रसारमा लागेका छन् ।

स्वतन्त्र उम्मेदवार सिंहको भव्य घरदैलौ मिठुवामा । - 2017-11-26
रौतहट, १० मंसिर । रौतहट क्षेत्र नं. १ को प्रदेश नं. २ का स्वतन्त्र उम्मेदवार बबन सिंह घरदैलो आज मिठुवनमा सम्पन्न भएको छ ।

पहिलो चरणको मतदान शान्तिपूर्ण, ६५ प्रतिशत मत खस्यो - 2017-11-26
१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ ।

रौतहट क्षेत्र न. १ का राजपा विधायक उम्मेदवार पुर्व मेयर शाहप्रति जनताको आकर्षण बढदै - 2017-11-26
मंसिर १० रौतहट // रौतहट क्षेत्र न. १ को क बाट उम्मेदवारी दिएका विधायक पदका राजपा उम्मेदवार पूर्व मेयर बाबुलाल साहले जनताले आफुलाई भोट दिए बिकासको लहर चलाउने बताएका छन ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण निर्वाचन आज ३२ जिल्लामा हुँदै - 2017-11-26
काठमाडौं , मंसिर १० गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचन अन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज मतदान हुँदैछ छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

घरअगाडि नेता भण्डारीको शक्तिशाली बम विस्फोट - 2017-11-26
महोत्तरी, १० मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट भएको छ । आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरीस्थित औरही निजी निवासअगाडि बम विस्फोट भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

264506
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top