जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


समाज पटक पढिएको


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।


मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।


यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बालपोषण भत्तामा सचिवको आँखा लाग्यो, चार महिनाको भत्ता बाँडेर ६ महिनाको भर्पाई - 2017-07-21
५ साउन, रौतहट । सरकारले ‘पाइलट प्रोजेक्ट’ का रुपमा सुरु गरेको बाल पोषण भत्ताको रौतहटमा दुरुपयोग भएको भेटिएको छ । सरकारले गरिबीको सूचकाङ्कमा परेका तीन जिल्ला अछाम, रौतहट र बझाङ्गका बालबालिकालाई ‘बाल पोषण भत्ता’ वितरण गरिरहेको छ । रौतहटमा मात्र करिब ६५ हजार बालबालिकालाई मासिक ४०० का दरले पोषण भत्ता वितरण गर्ने योजना छ ।

एेतिहासिक दरबार भत्काउन गिरोह सक्रिय - 2017-07-20
५ साउन, काठमाडौं । आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउन थालेको छ । प्राचीन स्मारक संरक्षण ऐनविपरीत पुरातत्वव विभागको स्वीकृतिमा सहरी विकास मन्त्रालयले नेपाल राष्ट्र बैंक रहेको थापाथलीस्थित सिंह महल र बालुवाटारस्थित सीता महल भत्काउन थालेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा गोपीकृष्ण ढुंगानाको बाइलाइनमा समाचार छ ।

३० किलो चरेशसहित सातजना पक्राउ - 2017-07-19
मकवानपुर, साउन ४ – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट बुधबार बिहान सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेशसहित सातजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीबल हेटौडाले विशेष सुराकीका आधारमा ३० किलो चरेशसहित सातजनालाई पक्राउ गरेको हो ।

मकवानपुरमा बस दुर्घटना, २ को मृत्यु, ४३ घाइते - 2017-07-18
३ साउन, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका(१ खानीगाउँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् ।

सुनौला हजार दिन आयोजनाले महिलाहरुलाई चेतना जगाएको - शिक्षक यादव - 2017-07-13
राकेश यादव / २९ आषाढ़ रौतहट जिल्लाको गौर नगरपालिका १२ साविक गाउ विकास समिति मुड़वालबा वार्ड नम्बर १ मा सञ्चालन रहेको सुनौला हजार दिन आयोजना अन्तर्गत किशोरीहरुलाई एक कार्यक्रम विच शैक्षिक सामग्री वितरण गरिएको छ !

सीडीओको निर्देशन कार्यालय प्रमुखले टेरेन , सरकारको कार्यालय कै जग्गामा बाटो ढलान गराए - 2017-07-13
राकेश यादव / २८ आषाढ़ रौतहट जिल्लाका गौर नगरपालिका वार्ड नम्बर १२ साबिक गाउ विकास समिति मुड़वालबाका गाउलेहरुले निशुल्क उपलब्ध गराएको कृषि सेवा उपकेन्द्रको जग्गामा जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख राज नारायण यादवले बाटो ढलान गराएका छन !

घाँटी रेटेर श्रीमतीको हत्या, टाउकोसहित प्रहरीमा आत्मसमर्पण - 2017-07-11
२७ असार, नेपालगञ्ज । झारफुक गर्न जाम् भनेर ६–७ महिनाको दूधे बालक बोकेर एक दम्पती मध्यरातमा घरबाट निस्किन्छ । साइकल चढेर केही पर पुगेपछि श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गर्छ । गिँडलाई छुट्याएर टाउकोलाई साइकलमा राखेर प्रहरी कार्यालयमा आफूले हत्या गरेको प्रमाणसहित श्रीमान उपस्थित हुन्छ ।

पीडित सास्तीमै, राहत रकम फ्रिज - 2017-07-06
२२ असार, काठमाडौं । तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले असारको दोस्रो साता जग्गा खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे । उनी अहिले जग्गाको खोजीमा छन् । जग्गा किनेर सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको डिभिजन कार्यालय सुर्खेतलाई लालपुर्जा दिएपछि मात्रै उनले घर बनाउन ५० हजार रुपैयाँ पाउँछन् ।

गौर नगरपालिकाको स्पष्टीकरण - 2017-07-01
रौतहट १६ सामाजिक सुरक्षा भत्ता वितरणमा करोडौंको भ्रष्टाचार भएको भन्दै विभिन्न सञ्चार माध्यममा सम्प्रेषण भएको समाचार प्रति गौर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको कार्यालयका सुचना अधिकरी सरोज लाल दासले हिजो स्पष्टीकरण पत्र जारी गरि जानकारी गराएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT
200186
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top