जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


समाज पटक पढिएको


फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।


मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मेट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।


यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


जनकपुरमा पनि काटियो महिलाको कपाल, भारत हुँदै ‘चोटीकटुवा’ पसेको आशंका - 2017-08-23
जनकपुर – भारतको विभिन्न स्थानमा अदृश्य शक्तिले कपाल काटेको हल्ला चलिरहेका बेला धनुषामा पनि चार जना बालिका र महिलाको कपाल काटिएको छ। धनुषाको विदेह नगरपालिका वडा नं। १० बस्ने १५ वर्र्षीय माला कुमारी मण्डल, सोही नगरपालिका वडा नं। ९ का सुस्मिता पासमान, जनकपुरकै उप–महानगरपालिका रामपुरमा एक र थप एक जना महिलाको कपाल काटिएको घटना आएको प्रहरीले जानकारी दियो। कसले कपाल काट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कसले काट्यो कपाल रु प्रहरीका अनुसार कपाल काटिएको थाहा पाएपछि बालिकाहरु चिच्याएका थिए। त्यसपछि छरछिमेकका स्थानीयहरु जम्मा भए। अदृश्य रुपमा भएको यस्तो घटनाले सबैलाई आश्चर्यचकित र आतंकित बनाएकोस्थानीय कमलेश मण्डलले बताए।

रामेश्वर यादवले फेरी त्याग गरे पार्टी , फोरममा गरे प्रवेश । - 2017-08-23
रौतहट।भदौ ०६। राष्ट्रिय जनता पार्टी नेपालका केंद्रीय सदस्य द्वय रामेश्वर यादव तथा रम्भा देवी यादव पार्टी परित्याग गरेका छन ! नेपाल सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरे पछि गौर नगरपालिकाको प्रमुखमा चुनाव लड़ने उदेश्यले संघीय समाजवादी फोरम परित्याग गरी तत्कालीन राजेंद्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गरेका द्वय यादव स्थानीय तहको पुनर संरचना भएपछि फेरी राजपा परित्याग गरी फोरम नेपालमा फर्केका हुन !

समाजसेवी सिंहले गरीव परिवारको छोराको जीवन बचाउन गरे सहयोग । - 2017-08-23
रौतहट।भदौ ०६। भनिन्छन कुन रुपमा भगवान आउछ थाह हुदैन ,यस्तै रौतहटमा एक गरीव असहाय दलित समुदायका परिवार लाइ एक व्यक्ति उनको लागि भगवानको रूप प्रमाणित भएका छन !

चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन - 2017-08-22
आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गते देखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गर्ने भएको छ । दँशै, तिहार र छठपर्वको समयमा उपभोक्तालाई राहत दिन आपूर्ति मन्त्रालय अन्तर्गका सार्वजनिक संस्थानहरुले कार्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् । सँधैजसो दँशैमा उपभोक्तालाई आपूर्ति व्यवस्थापनमा समस्या हुने र सहज र सस्तो सामान नपाउने गुनासो बढ्ने गरेकोले एक महिना पहिला देखि नै सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए ।

वाढिपिडीतहरुका लागी नेपाली सेनाको स्वास्थ्य शिविर - 2017-08-22
सुनसरी । नेपाली सेनाको पुर्वि पृतना मुख्यलय इटहरीले सुनसरीको सिमावर्ती क्षेत्र घुस्की वडा नम्बर छ र सातमा रहेका वाढिपिडीतहरुको लागी स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

विराटनगरमा बाढी पीडित पुनःस्थापनाको काम सुरु - 2017-08-22
६ भदौ विराटनगर । विराटनगर महानगरपालिका भित्रका बाढी र डुवानका कारण बिस्थापित भएकाहरुलाई पुनःस्थापना गर्ने काम सुरु भएको छ ।

सिरहामा १५ बोरा सुपारी बरामद - 2017-08-22
सिरहा । प्रहरीले पिकअप भ्यानमा लिएर जाँदै गरेको सुपारी बरामद गरेको छ ।जनकपुरवाट सिरहाका अंकित ट्रेडर्सको नाउँमा ल्याउदै गरेको १५ बोरा ९९ क्वीन्टल० सुपारी बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरको टोलिले चेकजाँचको क्रममा ज १ च १२९९ नम्बरको पिकअप भ्यानमा सुपारी फेला परेको प्रहरी नायब निरीक्षक शिवनारायण यादवले बताए ।

होटलमा आगलागी, करिब एक लाख क्षति - 2017-08-22
६ भदौ, काठमाडौं । काठमाडौंको खिचापोखरीको एक होटलमा आज दिउँसो आगलागी भएको छ । दिउँसो सवा २ बजेतिर ग्यास लिक भएर आगो लागेको हो ।आगलागीबाट फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएका छन् ।

दार्चुलामा एकजनाले गरे आत्महत्या - 2017-08-22
६ भदौ, दार्चुला । जिल्ला सदरमुकाम खलङगामा एकजनाले आफ्नै कोठाभित्र डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT
200211
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top