जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


राजनिति पटक पढिएको


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।

पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको संरचना कस्तो रहने भन्नेबारे पार्टी एकतापूर्व कार्यदलले तयार पारेको विधान मस्यौदामा उल्लेख छ ।

त्यसो भए अव नयाँ कमिटी कस्ता हुन्छन् र कहिले गठन हुन्छन्रु

नेकपाका केही नेताले ३ महिनाभित्र पार्टीको सबै तहका सङ्गठनात्मक संरचनाले पूर्णता पाउने बताइरहेका छन् । 


नेकपाको आइतबार बसेको सचिवालय बैठकले सङ्गठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाएको छ ।समितिमा महासचिव विष्णु पौडेल, नेताहरू देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा  रहेका छन् । 

नियमावली समितिका सदस्य खिमलाल देवकोटाका अनुसार ३ महिनाभित्र सबै तहका सङ्गठनले पूर्णता पाउने कार्ययोजना अनुसार छलफल सुरु भएको छ । सदस्य देवकोटा समितिले मङ्गलबारदेखि आफ्नो काम सुरु गरेको बताए । 

यसबाहेक सचिवालय बैठकले सङ्गठनात्मक कामको सहजीकरणका लागि सम्बन्धित पूर्वघटकका  जवस मोर्चाका  इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय गरेको थियो । 

समितिले जवसको एकताका लागि आवश्यक सुझाव दिने बताइएको छ । समितिले पार्टी एकताअघि कार्यदलले तयार पारेको विधानलाई परिपूर्ण गर्नेछ । 

तर, विधानले प्रस्ताव गरेको संरचना र हालको कामको स्पिड हेर्दा सबै तहका सङ्गठनले पूर्णता पाउन समय लाग्ने जस्तो देखिन्छ । 

विधानले केन्द्रीय, प्रदेश र स्थानीयतहमा रहने कमिटीको खाका तयार पारेको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


गाडी दुर्घटना हुदा चालकको मृत्यु, २ गम्भीर - 2017-12-03
रौतहट, १६ मंसिर । रौतहटको चुनावी प्रचार सभामा गएको भारतिय गाडी दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

जनकपुरमा यादवको गाडीलाई लक्षित गरेर बम प्रहार - 2017-12-03
मंसिर १६ धनुषा –जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित हनुमानगढीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरेर बम प्रहार भएको छ ।

प्रहरी र फोरम कार्यकर्ताहरुबिच झडप , दर्जन बढी घाइते - 2017-12-01
रौतहट १४ मंसीर रौतहटको गरुडा नगरपालिकाको महमदपुरमा बिहिवार राति प्रहरी र स्थानिय बिच झडप भएको छ ।

रौतहट क्षेत्र नम्बर १ मा दुई पूर्वमन्त्रीबीच तीव्र प्रतिस्पर्धा,कसले मार्ला बाजी - 2017-11-30
रौतहट १५ मसिर: रौतहट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा अहिले चुनावी रौनक निकै बढेको छ। राजपा नेपालका केन्द्रिय सदस्य अनिलकुमार झा र वाम गठबन्धनका तर्फबाट सत्यनारायण भगत चुनावी मैदानमा छन्।

नेपाली काँग्रेसले १ मतदाताको मुल्य ८ हजार तोकेपनि बाम गठबन्धन नै जित्ने - पूर्व मन्त्री मो. मुस्ताक अालम - 2017-11-29
रौतहट १३ मंसीर // संसदिय निर्वाचन क्षेत्र नम्बर २ बाट बाम गठबन्धनका ससदका उमेदवार मो.मुस्ताक आलम उर्फ राजाबाबुले नेपाली काग्रेस एक मत ८ दिन्छ ।

राजपाको प्रचार प्रसारमा प्रहरी हस्तक्षेप, कारवाहीको माग - 2017-11-28
काठमाडौं । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको चुनावी प्रचार प्रसारमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रचार प्रसारका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही कार्यकर्ताहरु घाइते भएका छन् भने केहीलाई पक्राउ गरिएको राजपाले जनाएको छ ।

निर्वाचनमा के गर्दै छन् डा सीके राउत - 2017-11-28
काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा सीके राउतले निर्वाचनमा ‘नो भोट’ अन्तरगत कोठा बाहिर मतदानलाई निरन्तरता दिएका छन् । उक्त अभियानलाई स्थानीय स्तरसम्म प्रचार प्रसारमा लागेका छन् ।

स्वतन्त्र उम्मेदवार सिंहको भव्य घरदैलौ मिठुवामा । - 2017-11-26
रौतहट, १० मंसिर । रौतहट क्षेत्र नं. १ को प्रदेश नं. २ का स्वतन्त्र उम्मेदवार बबन सिंह घरदैलो आज मिठुवनमा सम्पन्न भएको छ ।

पहिलो चरणको मतदान शान्तिपूर्ण, ६५ प्रतिशत मत खस्यो - 2017-11-26
१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT
200263
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top