जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


राजनिति पटक पढिएको


प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी


१७ भदौ, वीरगञ्ज । सर्लाहीको वागमतीमा प्रदेश स्तरीय नागरिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ९ बुँदे सर्लाही घोषणपत्र जारी गरेको छ । प्रदेश नम्बर २ का आठवटै जिल्लामा क्रियाशील नागरिक सहभागी सम्मेलनमा नागरिक निगरानीको अवस्था र आवश्यकताबारे संवादसमेत भएको छ ।

प्रदेश २ का संवैधानिक अभ्यास, आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे गहन छलफलपछि सम्मेलनले नागरिक निगरानीको आवश्यकता टड्कारो रहेको ठहर गरेको पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए ।

‘नागरिक निगरानी गर्ने क्रममा स्थानीय र प्रादेशिक सरोकारका सवालहरुको प्राथमिकता पहिचान गर्ने काम र तिनको सार्वजनिक पहरेदारी गर्ने कामले पाउनुपर्ने गतिशीलता नपाएको ठहर गरियो,’ उनले भने, ‘संघीय सरकारका कामकारवाही र संविधान कार्यान्वयको अवस्था नागरिकमैत्री बनाउन तथा बदलिँदो परिवेशमा समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन प्रदेश २ मा पहरेदारी र निरन्तर नागरिक खबरदारी सशक्त हुन जरुरी ठानियो ।’

यसै तथ्यलाई मध्य नजर गरेर ९ बुँदे सर्लाही घेाषणा पत्र जारी गरिएके उनले जानकारी गराए ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नेपाली काग्रेसका नेता माझीको निधन - 2018-01-12
पौष २८ राजविराज, नेपाली काँग्रेसका निष्ठावान् नेता एवम नेवि संघबाट यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्ववियूका पूर्वसभापति राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको बिहीबार असामयिक निधन भएको छ ।

माओवादी मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने - 2018-01-11
पुस २७,काठमाडौं– नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् ।

पृथ्वीनारायण शाहको शालिकमा माला लगाउन राष्ट्रपतिदेखि राजावादीसम्म - 2018-01-11
पुस २७ काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

प्रदेश २ को राजधानी विवाद आन्दोलनबारे फोरममा विवाद - 2018-01-10
वीरगन्ज, २६ पुस । प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउनुपर्ने मागसहित जारी आन्दोलनमा मधेसी दलका नेता तथा कार्यकर्ता मंगलबारदेखि सहभागी भएका छन्। यद्यपि, आन्दोलनमा सहभागितालाई लिएर मधेसी दलभित्र विवाद सुरु भएको छ।यो खबर हामीले आजको अन्नपुर्णपोष्टबाट लिएका हौ।

डा गोविन्द केसीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस जारी,आजै निर्णय सुनाउने तयारी - 2018-01-10
२६ पुस डा गोविन्द केसीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस जारी छ । केसी विरुद्ध दायर मुद्दामाथि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सुरु भएको हो । सुरुमा सर्वोच्चका तर्फबाट बहस भइरहेको छ ।

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका २७ गते सार्वजनिक गरिने - 2018-01-09
पुस २५ काठमाडौं– सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको छ । गत शक्रबार माघ २४ गते गर्नेगरी सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो ।

केसी पक्राउ प्रकरणमा मोर्चाले भन्यो– राज्य निरंकुशतातिर उन्मुख भयो - 2018-01-09
पुस २५ काठमाडौं– सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले डा गोविन्द केसीलाई गिरफ्तार गरेर राज्य निरंकुशता तिर उन्मुख भएको देखिएको टिप्पणी गरेको छ ।

को को बन्ने भए समानुपातिकबाट सांसद ? यस्तो छ सुची - 2017-12-14
२८ मंसिर प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको एक करोड पाँच लाखमध्ये आधा मत गन्दा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । त्यसैले राष्ट्रिय पार्टीका रूपमा उनीहरूले मात्रै समानुपातिकको एक सय १० सिटको वितरणमा सहभागी हुन पाउनेछन् ।

प्रदेश प्रमुख र अस्थाई राजधानी आज तोकिदै - 2017-12-14
२८ मंसिर एमाले र माओवादीका नेताहरुको असन्तुष्टिका बीच सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । प्रदेश सभामा निर्वाचित सांसदहरुलाई सपथग्रहण गराउनका लागि प्रदेश प्रमुख तत्काल आवश्यक भएकाले प्रदेश प्रमुख नियुक्त गर्न लागिएको मन्त्रीहरुले बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

264773
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top