जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


राजनिति पटक पढिएको


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।

पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको संरचना कस्तो रहने भन्नेबारे पार्टी एकतापूर्व कार्यदलले तयार पारेको विधान मस्यौदामा उल्लेख छ ।

त्यसो भए अव नयाँ कमिटी कस्ता हुन्छन् र कहिले गठन हुन्छन्रु

नेकपाका केही नेताले ३ महिनाभित्र पार्टीको सबै तहका सङ्गठनात्मक संरचनाले पूर्णता पाउने बताइरहेका छन् । 


नेकपाको आइतबार बसेको सचिवालय बैठकले सङ्गठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाएको छ ।समितिमा महासचिव विष्णु पौडेल, नेताहरू देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा  रहेका छन् । 

नियमावली समितिका सदस्य खिमलाल देवकोटाका अनुसार ३ महिनाभित्र सबै तहका सङ्गठनले पूर्णता पाउने कार्ययोजना अनुसार छलफल सुरु भएको छ । सदस्य देवकोटा समितिले मङ्गलबारदेखि आफ्नो काम सुरु गरेको बताए । 

यसबाहेक सचिवालय बैठकले सङ्गठनात्मक कामको सहजीकरणका लागि सम्बन्धित पूर्वघटकका  जवस मोर्चाका  इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय गरेको थियो । 

समितिले जवसको एकताका लागि आवश्यक सुझाव दिने बताइएको छ । समितिले पार्टी एकताअघि कार्यदलले तयार पारेको विधानलाई परिपूर्ण गर्नेछ । 

तर, विधानले प्रस्ताव गरेको संरचना र हालको कामको स्पिड हेर्दा सबै तहका सङ्गठनले पूर्णता पाउन समय लाग्ने जस्तो देखिन्छ । 

विधानले केन्द्रीय, प्रदेश र स्थानीयतहमा रहने कमिटीको खाका तयार पारेको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


१५ जना राज्यमन्त्री थपिए आजै सपथ ग्रहण - 2017-08-22
भाद्र 6, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले आज चौथो पटक मन्त्रिमण्डल विस्तार गर्दै हुनुहुन्छ । उहाँले आज १५ जना राज्यमन्त्री थप्ने बताइएको छ ।थपिएका राज्यमन्त्रीलाई अहिले केहिबेरमा पद तथा गोपनियताको सपथ गराइँदै छ । प्रधानमन्त्रीले देउवाले आइतबार मात्रै माओवादीका ८ जना राज्यमन्त्री थप्नु भएको छ ।

नयाँ रणनीति बनाउन राजपाको बैठक बस्दै - 2017-08-22
2074, भाद्र 6, मंगलबार नेपालको संविधान दोस्रो संशोधन विधेयक व्यवस्थापिका संसदबाट अस्वीकृत भएपछिको नयाँ रणनीति बनाउन राष्ट्रिय जनता पार्टीको बैठक बस्दैछ । आज बस्ने केन्द्रीय समितिको बैठक प्रदेश नम्बर २ को चुनावलाई केन्द्रित गरेर रणनीति बनाउनेछ ।

रौतहटमा सरकार राहतको नाउँमा बिवाद गराइ रहेको राजपा अध्यक्ष झा। - 2017-08-20
रौतहट।भदौ ०४। रौतहटमा आएको भिषणबाढीबाट प्रभावित भएका ब्यक्तिहरुलाई सरकारले राहत सामग्रीहरु उपल्बध नगराएको राष्ट्रिय जनता पार्टी नेपाल को अध्यक्ष मण्डलका सदस्य एवम पूर्व उधोग मन्त्री अनिल कुमार झाले आरोप लगाएका छन् । बाढी पिडितहरुको अवस्था बुझ्न रौतहट आएका पूर्व उधोग मन्त्री झाले सरकारले जति चर्चाको विषय बनाए पनि वास्तविक रुपमा त्यतिमात्रामा राहत सामग्रीहरु बाढी पिडितहरु सम्म पुर्याउन नसकेको गुनासो समेत गरेका छन् ।

राजपा नेताहरु बालुवाटारमा, संशोधन अघि बढाउन तयार - 2017-08-11
२७ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी संविधान संशोधन विधेयक अघि बढाउन तयार भएको छ । राजपाका शीर्ष नेताहरुले केहीबेरमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संशोधन विधेयक निर्णयार्थ पेश गर्न आग्रह गर्दैछन् ! बिहीबार अबेर राजपा नेताहरु र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको थियो । बिमस्टेक बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले राजपाका अध्यक्ष मण्डलका शीर्ष छ नेतासँग सामुहिक छलफल गरेका थिइन् ।

प्रदेश नं २ मा निर्वाचनका लागि काँग्रेसको तयारी तीव्र - 2017-08-08
हुलाकी न्युज, काठमाडौँ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । तेस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा आउने रणनीतिका साथ काँग्रेसले विभिन्न तयारीस्वरुप आज सो विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरेको छ । यसअघि दुई चरणमा सम्पन्न स्थानीय तहका निर्वाचनमा पार्टी दोस्रो स्थानमा झरेपछि काँग्रेसले त्यसको क्षतिपूर्ति प्रदेश नं २ बाट गर्ने योजना बनाएको पार्टी कार्यालयले जनाएको छ । आज बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको कार्यसम्पादन बैठकको छलफल आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन केन्द्रित रहेको नेता डा नारायण खड्काले जानकारी दिनुभयो । काँग्रेसले विगत निर्वाचनमा भएका कमजोरी सच्याएर समयमै पार्टीका आधिकारिक उम्मेदवार तय गर्ने, प्रभावकारी प्रचारप्रसार कार्यक्रम गर्ने, पार्टीभित्रका असन्तुष्टिलाई समयमै व्यवस्थापन गर्नेलगायत तयारी भइरहेको जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफद्वारा राजीनामा - 2017-07-28
१३ साउन, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरीफ पद छाड्न बाध्य भएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफद्वारा राजीनामा - 2017-07-28
१३ साउन, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरीफ पद छाड्न बाध्य भएका छन् ।

को को भए मन्त्री सुची सहित - 2017-07-27
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकांश नयाँ अनुहारलाई समेट्दै मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले बुधबार अपरान्ह काँग्रेसबाट १०, नेकपा माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक पार्टीबाट २ र नेकपा संयुक्तबाट १ जना थप गरी मन्त्रीपरिषद विस्तार गरेका हुन् ।

मन्त्रीहरुको सपथग्रहण चार बजे - 2017-07-26
११ साउन, काठमाडौं । लामो समयदेखि हुन नसकेको मन्त्रिपरिषद बिस्तार बुधबार अपरान्ह चार बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा चार बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT
200258
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top