जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


राजनिति पटक पढिएको


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।

पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको संरचना कस्तो रहने भन्नेबारे पार्टी एकतापूर्व कार्यदलले तयार पारेको विधान मस्यौदामा उल्लेख छ ।

त्यसो भए अव नयाँ कमिटी कस्ता हुन्छन् र कहिले गठन हुन्छन्रु

नेकपाका केही नेताले ३ महिनाभित्र पार्टीको सबै तहका सङ्गठनात्मक संरचनाले पूर्णता पाउने बताइरहेका छन् । 


नेकपाको आइतबार बसेको सचिवालय बैठकले सङ्गठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाएको छ ।समितिमा महासचिव विष्णु पौडेल, नेताहरू देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा  रहेका छन् । 

नियमावली समितिका सदस्य खिमलाल देवकोटाका अनुसार ३ महिनाभित्र सबै तहका सङ्गठनले पूर्णता पाउने कार्ययोजना अनुसार छलफल सुरु भएको छ । सदस्य देवकोटा समितिले मङ्गलबारदेखि आफ्नो काम सुरु गरेको बताए । 

यसबाहेक सचिवालय बैठकले सङ्गठनात्मक कामको सहजीकरणका लागि सम्बन्धित पूर्वघटकका  जवस मोर्चाका  इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय गरेको थियो । 

समितिले जवसको एकताका लागि आवश्यक सुझाव दिने बताइएको छ । समितिले पार्टी एकताअघि कार्यदलले तयार पारेको विधानलाई परिपूर्ण गर्नेछ । 

तर, विधानले प्रस्ताव गरेको संरचना र हालको कामको स्पिड हेर्दा सबै तहका सङ्गठनले पूर्णता पाउन समय लाग्ने जस्तो देखिन्छ । 

विधानले केन्द्रीय, प्रदेश र स्थानीयतहमा रहने कमिटीको खाका तयार पारेको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रा.ज.पा.का मेयर पदका उम्मेदवार पटेलको भतिजाको माओवादिद्धारा हत्या - 2017-09-12
रौतहट भाद्र २७ । रौतहटको मौलापुर नगरपालिकामा मेयर पदका उम्मेदवार धिरज पटेलको भतिजाको माओवादका कार्यकर्ताहरुले टे«क्टर दुर्घटना गरी हत्या गरेको धिरज पटेलले आरोप लगाएका छन् ।

राजदेवी नगरपालिकामा मेयर उम्मेदवार दिपकको चर्चै चर्चा - 2017-09-09
हरेन्द्र कुमार साह रौतहट भाद्र २४ । रौतहट जिल्लाको राजदेवी नगरपालिकाका नेपाली जनता दलको तर्फबाट मेयर उम्मेदवार दिपक कुमारको चर्चा नै चर्चा भैरहेको देखिन्छ । दिपक कुमार अहिल विहान देखि बेलुका सम्म घरदैलेमा ब्यस्त रहेकोले देखिन्छ ।

किरण ठाकुरको चर्चा नै चर्चा, गौरलाई व्यवस्थित शहर बनाने प्रतिवद्धता - 2017-09-09
दिलिप पाण्डे रौतहट, भदौ २४ । अहिलेको अब्यवस्थित गौर नगरपालिकालाई ब्यवस्थित शहर बनाउने हामीले मतदाता सामु प्रतिबद्धता जनाएका छौं । यही नै हाम्रो लक्ष्य पनि हो । नगरलाई आकर्षक बनाएपछि नगरवासीले विभिन्न सुविधाहरू सहज रूपमा पाउनेछन् ।

गौर नगरका उप मेयरको उम्मेदवार किरण ठाकुर को चर्चै चर्चा - 2017-09-09
दिलिप पाण्डे रौतहट भाद्र २४ । रौतहटको सदरकुकमाम गौर नगरपालिका राष्ट्रिय जनता पार्टि नेपालको तर्फबाट उप मेयर उम्मेदवार किरण ठाकुरको लोकप्रियता बढदै गएको देखिएको रहेको छ ।

गौरको सबगढामामा राजपाको घरदैलौं कार्यक्रम - 2017-09-08
दिलिप पाण्डे रौतहट २३ भाद्र । रौतहटको सदरमुकाम गौर वडा नं. ६ सबगढामा गौर नगरपालिका उप मेयर उम्मेदवार किरण ठाकुरले आज शुक्रवार घरदैलो कार्यक्रम नगरपालिकाको वडा ६ सबगढामा सम्पन्न गरेका छन् ।

गौर नगरका लागि राजपाका उपमेयरका उम्मेदवार किरण ठाकुरको प्रतिव्द्धता पत्र सार्वजनिक - 2017-09-08
दिलिप पाण्डे रौतहट, २३ भाद्र । स्थानिय तहको निर्वाचनमा रौतहटको सदरमुकाम गौर नगरपालिकाका लागि राष्ट्रिय जनता पार्टी नेपालबाट उप मेयर पदका उम्मेदवार रहेकी किरण ठाकुरले नगर विकासका लागि आफ्नो प्रतिबद्धता पत्र जारी गरेकी छिन् ।

गौर न.पा. को उप- मेयर पदका उम्मेदवार किरण ठाकुर द्वारा पत्रकार सम्मेलन गरि प्रतिबद्धता पत्र सार्वजनिक । - 2017-09-08


८०० पदका लागि साढे चार हजारको उम्मेदवारी । - 2017-09-07
रौतहट, २२ भाद्र । विस वर्ष पछाडि हुने प्रस्तावित प्रदेश नम्बर २ को लागि आसोज २ गते मा हुृन लागेको तेश्रो चरणको चुनावमा रौतहटमा स्थानिय तहको निर्वाचनका लागि उत्साहजनक सहभगिता देखिएको छ ।

चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग - 2017-09-06
जनकपुरधाम । जनकपुरमा निर्वाचन आचार संहिता विपरीत विभिन्न राजनीतिक दलले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT
200178
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top