जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


राजनिति पटक पढिएको


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।

पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको संरचना कस्तो रहने भन्नेबारे पार्टी एकतापूर्व कार्यदलले तयार पारेको विधान मस्यौदामा उल्लेख छ ।

त्यसो भए अव नयाँ कमिटी कस्ता हुन्छन् र कहिले गठन हुन्छन्रु

नेकपाका केही नेताले ३ महिनाभित्र पार्टीको सबै तहका सङ्गठनात्मक संरचनाले पूर्णता पाउने बताइरहेका छन् । 


नेकपाको आइतबार बसेको सचिवालय बैठकले सङ्गठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाएको छ ।समितिमा महासचिव विष्णु पौडेल, नेताहरू देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा  रहेका छन् । 

नियमावली समितिका सदस्य खिमलाल देवकोटाका अनुसार ३ महिनाभित्र सबै तहका सङ्गठनले पूर्णता पाउने कार्ययोजना अनुसार छलफल सुरु भएको छ । सदस्य देवकोटा समितिले मङ्गलबारदेखि आफ्नो काम सुरु गरेको बताए । 

यसबाहेक सचिवालय बैठकले सङ्गठनात्मक कामको सहजीकरणका लागि सम्बन्धित पूर्वघटकका  जवस मोर्चाका  इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय गरेको थियो । 

समितिले जवसको एकताका लागि आवश्यक सुझाव दिने बताइएको छ । समितिले पार्टी एकताअघि कार्यदलले तयार पारेको विधानलाई परिपूर्ण गर्नेछ । 

तर, विधानले प्रस्ताव गरेको संरचना र हालको कामको स्पिड हेर्दा सबै तहका सङ्गठनले पूर्णता पाउन समय लाग्ने जस्तो देखिन्छ । 

विधानले केन्द्रीय, प्रदेश र स्थानीयतहमा रहने कमिटीको खाका तयार पारेको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


फोरम र राजपा टिकेट वितरणमा व्यक्तिगत स्वार्थ पूर्व सांसद सिंह - 2017-10-31
रौतहट १४ कार्तिक । मधेशको लगायत भारत सम्म युवा चर्चित प्रभावशाली नेता पूर्व सांसद बबन सिंहलाई राजपा र फोरम नेपाल पार्टी मिलेर प्रतिनिधिसभा, विधानसभा र समानुपातिक समेतमा कुनै ठाउँ नदिएको नेता सिंहले आरोप लगाएका छन ।

माओवादी केन्द्रद्वारा बालकृष्ण ढुंगेलको रिहाइ माग - 2017-10-31
काठमाडौं, १४ कार्तिक । नेकपा माओवादी केन्द्रले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ ।

कांग्रेससँग छलफल जारी , राजपा–फोरमको भागबण्डा मिल्यो - 2017-10-31
काठमाडौं । दुई नम्बर प्रदेशको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच सिट बाँडफाँड भएको छ ।

‘राजनीति हो, फेरि मामा–भान्जाकै पर्ने भयो’ - 2017-10-23
नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग मिसिएपछि असन्तुष्ट बनेका लोकतान्त्रिक फोरमका सांसद तथा पूर्वराज्यमन्त्री मोहमद मुस्ताक आलम एमाले प्रवेश गरेका छन् ।

पूर्वमन्त्री मुस्ताक आलम एमाले प्रवेश - 2017-10-22
५ कात्तिक,काठमाडौं । कांग्रेससँग पार्टी एकीकरणप्रति असहमति जनाउँदै लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री तथा पूर्व राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । रौतहट २ बाट चुनाव जितेका आलम आइतवार एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।

राजपाका केन्द्रिय महासचिव सुरिता साहको नाम महोत्तरीको तिन क्षेत्रबाट सिफारिस - 2017-10-10
महोत्तरी । राजपाका केन्द्रिय महासचिव तथा पुर्व राज्यमन्त्री सुरिता साहको नाम महोत्तरीको क्षेत्र नं २,३ र ४ बाट सिफारिस गरिएको छ ।

सिरहामा घाँटी रेटर हत्या - 2017-10-10
२४ असोज, सिरहा । जिल्लाको कर्जन्हा नगरपालिका १० मा एक जनाको घाँटी रेटर हत्या भएको छ । ३८ बर्षीय शशिभूषण साहको गयराती हत्या भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।

निर्वाचन सार्ने प्रधानमन्त्रीको प्रस्ताव लिएर मन्त्री पुगे शीतलनिवास - 2017-10-10
अश्विन 24, मंगलबार सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने औपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाह हुने भन्दै सरकारलाई सचेत गराएकी छिन् ।

गौचनको हत्या गर्ने तीन जना पेस्तोलसहित पक्राउ - 2017-10-09
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT
200259
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top