जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


राजनिति पटक पढिएको


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।

पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको संरचना कस्तो रहने भन्नेबारे पार्टी एकतापूर्व कार्यदलले तयार पारेको विधान मस्यौदामा उल्लेख छ ।

त्यसो भए अव नयाँ कमिटी कस्ता हुन्छन् र कहिले गठन हुन्छन्रु

नेकपाका केही नेताले ३ महिनाभित्र पार्टीको सबै तहका सङ्गठनात्मक संरचनाले पूर्णता पाउने बताइरहेका छन् । 


नेकपाको आइतबार बसेको सचिवालय बैठकले सङ्गठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाएको छ ।समितिमा महासचिव विष्णु पौडेल, नेताहरू देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा  रहेका छन् । 

नियमावली समितिका सदस्य खिमलाल देवकोटाका अनुसार ३ महिनाभित्र सबै तहका सङ्गठनले पूर्णता पाउने कार्ययोजना अनुसार छलफल सुरु भएको छ । सदस्य देवकोटा समितिले मङ्गलबारदेखि आफ्नो काम सुरु गरेको बताए । 

यसबाहेक सचिवालय बैठकले सङ्गठनात्मक कामको सहजीकरणका लागि सम्बन्धित पूर्वघटकका  जवस मोर्चाका  इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय गरेको थियो । 

समितिले जवसको एकताका लागि आवश्यक सुझाव दिने बताइएको छ । समितिले पार्टी एकताअघि कार्यदलले तयार पारेको विधानलाई परिपूर्ण गर्नेछ । 

तर, विधानले प्रस्ताव गरेको संरचना र हालको कामको स्पिड हेर्दा सबै तहका सङ्गठनले पूर्णता पाउन समय लाग्ने जस्तो देखिन्छ । 

विधानले केन्द्रीय, प्रदेश र स्थानीयतहमा रहने कमिटीको खाका तयार पारेको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कांग्रेस र माओवादी बीच विवादमा खुकुरी हानाहान, ३ जना घाइते - 2017-11-05
गोरखा । भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ ।

रौतहट क्षेत्र न.१ मा काग्रेस र बाम मोर्चा बिच कडा प्रतिस्पर्धा - 2017-11-05
रौतहट १९ कार्तिक रौतहट क्षेत्र न.१ मा काग्रेस ,माओवादी ,राजपा ,नेपाली जनता दल र स्वतन्त्र उम्मेदवार बबन सिंह लगायतका उम्मेदवार हरु चर्चा मा रहेकोे छ।

रौतहटमा एकजना पनि महिला उम्मेदवार छैनन - 2017-11-02
रौतहट १६ कार्तिक प्रतिनिधी सभा र प्रदेश सभाको लागी आउदो मंसिर २१ गते हुन लागेको चुनावमा ठुला दलहरुले रौतहटमा एकजना पनि महिला उम्मेदवार पठाएका छैनन ।

रौतहटमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि २३८ जनाको उम्मेदवारी दर्ता - 2017-11-02
रौतहट १६ कात्तिक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बिहीबार रौतहटमा २३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यादवद्धारा सप्तरी दुईबाट मनोनयन दर्ता - 2017-11-02
राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् ।

साहले रौतहट तीनबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता - 2017-11-02
रौतहट १६ कार्तिक । विभागीय मन्त्री एवं माओवादी नेता प्रभु साहले रौतहट तीनबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् ।

रौतहटमा तिन स्थान तोकियो मनोनयन पत्र दर्ताका लागि - 2017-11-02
रौतहट । अगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि रौतहटमा पनि आज मनोनयन पत्र दर्ता हुँदैछ । मनोनयन दर्ताका लागी जिल्लामा ३ स्थान तोकिएको छ ।

निर्वाचनमा दोस्रो चरण उम्मेदवारी मनोनयन आज - 2017-11-02
१६ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्येक्षतर्फको उम्मेदवारी मनोनयन आज हुँदैछ । निर्वाचन आयोगको घोषित कार्यतालिका अनुसार आज ४५ जिल्लामा उम्मेदवारी दर्ता हुन लागेको हो ।

राजपा नेताद्वारा वागी उम्मेदवारी घोषणा - 2017-11-02
राजविराज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँड गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका एक नेताले वागी उम्मेदवारीको घोषणा गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT
200256
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top