जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


राजनिति पटक पढिएको


वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् तत्कालीन एमाले र माओवादीका संगठन


जेष्ठ १० काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो ।

पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको संरचना कस्तो रहने भन्नेबारे पार्टी एकतापूर्व कार्यदलले तयार पारेको विधान मस्यौदामा उल्लेख छ ।

त्यसो भए अव नयाँ कमिटी कस्ता हुन्छन् र कहिले गठन हुन्छन्रु

नेकपाका केही नेताले ३ महिनाभित्र पार्टीको सबै तहका सङ्गठनात्मक संरचनाले पूर्णता पाउने बताइरहेका छन् । 


नेकपाको आइतबार बसेको सचिवालय बैठकले सङ्गठनात्मक विधानको परिपूर्ण हुने गरी नियमावली समिति बनाएको छ ।समितिमा महासचिव विष्णु पौडेल, नेताहरू देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा  रहेका छन् । 

नियमावली समितिका सदस्य खिमलाल देवकोटाका अनुसार ३ महिनाभित्र सबै तहका सङ्गठनले पूर्णता पाउने कार्ययोजना अनुसार छलफल सुरु भएको छ । सदस्य देवकोटा समितिले मङ्गलबारदेखि आफ्नो काम सुरु गरेको बताए । 

यसबाहेक सचिवालय बैठकले सङ्गठनात्मक कामको सहजीकरणका लागि सम्बन्धित पूर्वघटकका  जवस मोर्चाका  इन्चार्ज र मोर्चा प्रमुखको समिति बनाउने निर्णय गरेको थियो । 

समितिले जवसको एकताका लागि आवश्यक सुझाव दिने बताइएको छ । समितिले पार्टी एकताअघि कार्यदलले तयार पारेको विधानलाई परिपूर्ण गर्नेछ । 

तर, विधानले प्रस्ताव गरेको संरचना र हालको कामको स्पिड हेर्दा सबै तहका सङ्गठनले पूर्णता पाउन समय लाग्ने जस्तो देखिन्छ । 

विधानले केन्द्रीय, प्रदेश र स्थानीयतहमा रहने कमिटीको खाका तयार पारेको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रौतहट क्षेत्र न. १ का राजपा विधायक उम्मेदवार पुर्व मेयर शाहप्रति जनताको आकर्षण बढदै - 2017-11-26
मंसिर १० रौतहट // रौतहट क्षेत्र न. १ को क बाट उम्मेदवारी दिएका विधायक पदका राजपा उम्मेदवार पूर्व मेयर बाबुलाल साहले जनताले आफुलाई भोट दिए बिकासको लहर चलाउने बताएका छन ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण निर्वाचन आज ३२ जिल्लामा हुँदै - 2017-11-26
काठमाडौं , मंसिर १० गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचन अन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज मतदान हुँदैछ छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

घरअगाडि नेता भण्डारीको शक्तिशाली बम विस्फोट - 2017-11-26
महोत्तरी, १० मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट भएको छ । आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरीस्थित औरही निजी निवासअगाडि बम विस्फोट भएको हो ।

राजविराजमा सिके राउतका एक कार्यकर्ता पक्राउ - 2017-11-26
राजविराज // स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।

प्रदेश नं २ मा मधेश सरकारमा जोड - 2017-11-26
राजविराज // संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद, असामानता तथा भेदभाव अत्य नभएसम्म तराई– मधेसको विकास हुन नसक्ने बताउनुभएको छ ।

चुनाव प्रचारमा प्रयोग गरिएका तीन मोटरसाइकलमा आगजनी - 2017-11-20
४ मंसिर, रसुवा । रसुवामा चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ तीनवटा मोटरसाइकलमा आगजनी भएको छ ।

एमाले तराई - मधेश विरोधि पार्टी होइनस् अध्यक्ष ओली - 2017-11-20
४ मंसिर, विराटनगर नेकपा ( एमाले ) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई - मधेश विरोधि पार्टी नभएको स्पष्ट पार्नुभएको छ ।

सिमरामा कांग्रेस उम्मेदवार चढ्ने गाडीमा बम बिस्फोट - 2017-11-20
४ मंसिर बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट भएको छ । बारा क्षेत्र नम्बर ४ ९क० का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो ।

जनकपुरमा राजपाका नेता माथि छुरा प्रहार - 2017-11-19
जनकपुरधाम, मंसिर ३ । जनकपुरमा शनिवार राती करिब १० बजे छुरा प्रहारको घटना भएको छ । जनकपुरको प्रतिष्ठित रामानन्द युवा क्लवका निवर्तमान अध्यक्ष तथा राजपाका युवा नेता प्रकाश मिश्र माथि छुरा प्रहार भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT
200257
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top