जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


गीताञ्जली एल्बमको दोस्रो आम्दानीले घर बिहिनलाई न्यानो कपडा वितरण - 2018-01-10
रौतहट, २६ पौष । चिसो र हुस्सु बढ्दै गईरहेकोले आज घर बिहिन परिवार लाई चिसो बाट बाच्नको लागि न्यानो कपडा कम्बल वितरण गरिएको छ ।

कोशिश फाउण्डेसन द्रारा आगलागी पीडितलाई सहयोग - 2018-01-10
रौतहट, २६ पौष । आगलगीबाट पीडित परिवारलाई कम्बल वितरण गरिएको छ ।

सवारीचालक अनुमतिपत्रको लागि जनकपुरबाट पहिलो पटक अनलाईन दर्ता सुरु - 2018-01-10
जनकपुरधाम यातायात व्यवस्था कार्यालय जनकपुरले आजदेखि अनलाईन सेवा सुरु गरेको छ ।

वालावालिकालाई भारत लैजादै गर्दा दुई जना पक्राउ - 2018-01-10
पौष २६ जुम्ला देखि भारतको हिमाञ्चल प्रदेशमा वालवालिकालाई लिदै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कुडारी चौकीले वालवालिका भरिएको वस देखेर सोधपुछ गरेपछि भारतमा उनीहरुले लिने कुनै आधार फेला नपारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

IBA बिधालयद्धारा कम्बल बितरण - 2018-01-09
रौतहट पुस २५ गौर स्थित निजी बिधालय IBA ले ३० जना गरीब शीत लहर पिडीतलाई कम्बल बितरण गरेको छ ।

मोटरसाइकलको ठक्करबाट मृत्यु - 2018-01-09
पुस २५ बाजुरा । बूढीगंगा नगरपालिका–३ ताप्रीसेरामा सोमबार बेलुका मोटरसाइकलले ठक्कर दिँदा सोही वडाका लालबहादुर नेपालीकी तीन वर्षीया छोरी आरजुको मृत्यु भएको छ ।

नवलपरासीमा सवारी दुर्घटना हुँदा २ को मृत्यु - 2018-01-09
पुस २५ परासी–नवलपरासीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाईत्ते भएका छन् । आज बिहान १० बजे भैरहवा भुमई पाईपास सडक अन्तर्गत जिल्लाको रामग्राम नगरपालिका–१२ जमुवाडमा स्थित ट्रक र माईक्रोबस एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाईते भएका ८ जना मध्ये दुईजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दवावमा झूठो मुदाको जाहेरी दिन लगाइयो - 2017-12-15
२९ मङ्सिर रौतहट जिल्लाको ईशनाथ नगरपालिका वार्ड नंबर ३ निवासी एक युवतीले ज्यान मार्ने र भारतमा बेश्यालयमा विक्री गर्ने धमकी दिएर बालजवर्दस्ती

इलाममा भेटियो ८ राउण्ड गोलीसहित ३ वटा पेस्तोल - 2017-12-14
२८ मंसिर, इलाम । इलामको सदरमुकाम नजिकै तिल्केनीमा ३ वटा पेस्तोल भेटिएको छ । ८ राउण्ड गोलीसहित पेस्तोल भेटिएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178642
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top