जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


चिसोबाट सप्तरीमा थप ३ को मृत्यु - 2018-01-12
२८ पुस, राजविराज । अत्यधिक चिसोका कारण सप्तरीमा बिहीबार साँझ तीन जनाको मृत्यु भएको छ ।

चिसोका कारण तीन वर्षीय बालकको मृत्यु - 2018-01-11
२७ पौष गौशाला । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक तीनवर्षीय बालकको मृत्यु भएको छ।

चिसोका कारण सिरहामा थप एकको मृत्यु - 2018-01-11
पौष २७ लहान पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ ।

इलाममा भाइले गरे दाजुको हत्या - 2018-01-11
पुस २७ इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् । देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

विविध कार्यक्रम गरेर मनाइँदैछ , आज पृथ्वी जयन्ती - 2018-01-11
आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ ।

रौतहटमा कठ्याङ्ग्रिएर १३ को मृत्यु, जनजीवन कष्टकर - 2018-01-11
रौतहट । –रौतहटको कटहरिया नगरपालिका वडा नम्वर १ हर्षाहा टोलका ५५ बर्षीय बैधनाथ साह कलवारको ‘ब्रेन हेम्रेज’ बाट ज्यान गएको छ ।

रौतहटमा चिसोका कारण सुत्केरी र वालवालिकाको धेरै समस्या - 2018-01-10
रौतहट २६ पुस लामो समय मधेशमा चलेको शितलहरका कारण मुसहर बस्तिका सुत्केरी महिलाहरु ,शिशु र वालवालिकाहरु बिचल्लीमा पर्न थालेका छन ।

लायन्स क्लब अफ पोखरा र फेवा सिटीद्रारा ३ लाख ५० मुल्यको न्यानो कपडा वितरण - 2018-01-10
रौतहट, २६ पौष । तराईमा बढ्दै गएको चिसोलाई दृष्टिगत गर्दै परोहा नगरपालिकाकामा न्यानो लुगा वितरण गरिएको छ ।

हिन्दू परिषद नेपालद्धारा काँवरिया बाबा सम्मानित - 2018-01-10
बीरगंज २६ षौष हिन्दू परिषद् नेपालले आज एक कार्यक्रमबीच बसन्तपुर कावरिया संघलाई सम्मान गरेको छ । हिन्दू धर्ममा धेरै महत्व एवं उत्साहका साथ मनाईने विटोर ९काँवरिया बाबा० लाई गाँउ घरदेखि शहर सम्मका हिन्दु धर्मावलम्बीहरुले सहभागिता जनाउने गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178641
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top