जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


लालु खानलाई गोली प्रहार गर्ने यादव पक्राउ - 2018-02-02
जनकपुरधाम, १९ माघ । सिरहाका लालु खानलाई गोली प्रहार गर्ने सुनिल यादव पक्राउ परेका छन् ।

विस्फोटमा चार महिला सैनिक घाइते - 2018-02-02
माघ १९ नेपाली सेनाको भैरवनाथ गण महाराजगन्जमा तालिमको क्रममा भएको विस्फोटमा घाइते हुनेमा चार जना महिला सैनिक रहेका छन्।

प्रहरी जवान १८ हजार घूससहित पक्राउ - 2018-02-01
१८ माघ, भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेशकुमार थापालाई नगद १८ हजार नगदसहित रंगेहात पक्राउ गरेको छ ।

नेपाल र भारतबीच सीमा विवाद पुनः चर्कियो - 2018-01-31
माघ १७

आज ग्रहण, ६ बजेर ३६ मिनेट पूरै रातो चन्द्रमा देखिने - 2018-01-31
माघ १७ २०७४ सन् २०१५ को चन्द्रग्रहणको फाइल फोटो स् डियान्ने फोर्टम्यान काठमाडौँ स् पूर्णिमाको दिन उज्यालो चन्द्रमा उदाउनु पर्नेमा आज ग्रहण लागेको रातो चन्द्रमा देखिँदैछ।

रौतहटमा गोली प्रहारबाट एक जना घाइते - 2018-01-29
रौतहट १५ माघ रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाईते भएका छन् ।

सिरिसको फूल सस्थाले शीतलहरको ३७१ पीड़ितलाई कम्बल गरे वितरण - 2018-01-23
रौतहट । शिरीसको फूल सामाजिक सस्था केंद्रीय कार्यालय काठमाण्डौले रौतहटका शीतलहर पीड़ितहरुलाई न्यानो कम्बल वितरण गरेका छन ।

पुनःस्थापनामुखी न्याय सम्बन्धि तालिम सम्पन्न - 2018-01-19
५ माघ सर्कल प्रक्रिया र पुनःस्थापनामुखी न्याय सम्बन्धि तीन दिवसीय तालिम चितवनको सौराहामा सम्पन्न भएको छ ।

लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न - 2018-01-16
रौतहट २ माघ लैगिक हिंसा नियन्त्रण जिल्ला संचाल समिती रौतहटले मंगलवार बिभिन्न सचेतनाका कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178640
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top