जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


भोट हाल्दै ५४ बनकरिया - 2017-05-12
बाँसले बारेर खरले छाएको झुप्रोमा श्याम बनकरिया शुक्रबार दिउंसो छोरा सुताउंदै थिए । उनकी पत्नी पार्वती खाना पकाउंदै थिइन् । उनीहरुको दुःख त बयान गरिसाध्य छैन ।

मतदाता परिचय-पत्र वितरण: फोटो फिचर - 2017-05-12
स्थानीय निकाय निर्वाचन २०७४ को लागि प्रदेश नं ३,४ र ६ का सम्बधित मतदान केन्द्र हरुबाट २८ गते देखि ३० गते सम्म निर्वाचन आयोगले मतदाता हरुलाई परिचय-पत्र वितरण गरिरहेको छ ।

गणतन्त्र संस्थागत गर्न माओबादी आबश्यक: पुर्ब मन्त्री अर्याल - 2017-05-11
मनहरी गाँऊपालिकामा माओबादी केन्द्रको चुनाबी सभा सम्पनन भएको छ । माओबादी केनद्रले आज प्रचार प्रसारको काम सकेर आज चुनाबी सभा आयोजना गरेको हो ।

मेरो चुनावी खर्च यति - 2017-05-11
नेकपा माले मकवानपुरले आफ्नो चुनावी खर्चको हिसाव विवरण सार्वजनिक गरेको छ ।

राष्ट्रवादी समूहको समर्थन भिमसेन महतलाई - 2017-05-11
मकवानपुरमा क्रियाशिल युवा राजनीतिक राष्ट्रवादी समूहले हेटौंडा उपमहानगरपालिकाका मेयरका प्रत्याशी भिमसेन महतलाई सहयोग गर्ने भएको छ ।

माओबादीको प्रचार-प्रसार कार्यक्रमहरु सम्पन्न - 2017-05-11
माओबादी केन्द्रले स्थानिय तहको निर्बाचनको औपचारिक प्रचार-प्रसार कार्यक्रम सम्पन्न भएको छ ।

राप्रपा हेटौंडामा आज । फोटो: फिचर - 2017-05-11
स्थानीय तह निर्वाचनको प्रचारप्रसार गर्ने अन्तिम दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले हेटौंडामा निकालेको ¥यालीमा सहभागी अध्यक्ष कमल थापा, केन्द्रीय सदस्य दीपक सिंह, नगरको मेयरका उमेदवार मधु अधिकारीलगायत ।

बकैया गाउपालिकामा चुनाबी सभा सम्पन्न - 2017-05-11
स्थानिय तहको निर्वाचन आउन ३ दिनमात्र बाँकी रहँदा मकवानपुरको बकैया गाउपालिकाका स्थानीय राजनैतिक दलहरुले मतदाताको घरघरमा घरदैलो कार्यक्रम सकाएर चुनाबी सभा हरु समापन गरेका छन् ।

बाल अधिकारको संरक्षणप्रति संवेदनशील हुदै अनुगमन कार्य सम्पन्न - 2017-05-11
स्थानीय चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोगको अवस्था पहिचान गर्दै जिल्ला बाल कल्याण समिती मकवानपुरको अगुवाई तथा महिला तथा बालबालिका कार्यालयको संयोजनमा संयुक्त अनुगमन कार्य सम्पन्न गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178624
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top