जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


पहिलोपटक वडा कार्यालय द्वरा छात्राहरुलाई कम्प्युटर तालिमका प्रमाण पत्र हस्तान्तरण । - 2018-02-18
रौतहट फागुन ०६ दिलीप पाण्डेय रौतहट जिल्लाको गौर नगरपालिका वडा नंबर १ को कार्यालयमा आज एक कार्यक्रम बिच छात्राहरुले सिखेको ३ महिने कम्प्युटर तालिमको प्रमाण पत्र छात्राहरुलाई हस्तान्तरण गरेका छन।

पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु - 2018-02-18
फागुन ०६ हेटौँडा,

तस्करी गर्ने तस्कर संजय यादवको कपडा बरामद, दुई पक्राउ - 2018-02-10
माघ २७, जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट गएको गस्ती टोलीले ठूलो परिमाणमा भन्सार छलिका कपडा बरामद गरेको छ ।

त्रिशूली दुर्घटना अपडेटः बेपत्ता सचिव मृत भेटिए - 2018-02-10
२७ माघ, काठमाडौं । शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।

ससुरालीबाट पेस्तोल र बम बरामद - 2018-02-10
२७ माघ, हेटौंडा । गोली प्रहार घटनामा पक्राउ परेका पूर्व लडाकूको ससुरालीबाट पेस्तोल र बम बरामद भएको छ ।

त्रिशुलीमा वेपत्ता सिचाईं सचिवको शब भेटियो - 2018-02-10
माघ २७ सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव फेला परेको छ ।

मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान - 2018-02-08
माघ २५ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् ।

सिनामंगलमा बसको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु - 2018-02-08
२५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–९, सिनामंगलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको इटहरी निवासी १९ वर्षीय रबिना ओझा छिन् ।

जबर्जस्ती करणीमा ८० वर्षसम्मको संलग्नता - 2018-02-08
माघ २५ हेटौँडा, बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178611
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top