जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रुपनदेहीमा फोरम नेपालको पैनल सहित दुई वाडा अध्यक्ष विजयी - 2017-06-30
१६ असार, बुटवल । रुपन्देहीको दुई स्थानीय तहका दुई वडामा फोरम नेपाल विजयी भएका छन् । रोहिणी गाउँपालिकाको वडा नम्बर २ र मर्चावारी गाउँपालिकाको वडा नम्बर २ मा फोरम नेपालले जित हासिल गरेको हो ।

छात्र छात्राहरुलाई शैक्षिक समाग्री वितरण - 2017-06-30
१६ रौतहट गाउ विकास समिति कार्यालय मुडवलवा रौतहटको सहयोग तथा नेपाल पिछडावर्ग ओ वी सी महासंघ गाउ कमिटी मुडवलवाको आयोजनामा स्थानिय नेमधारी बासुदेव माध्यमिक विधालयमा छात्र छात्राहरुको शैक्षिक समाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय तहको निर्वाचनको परिणाम आउने क्रम जारी ,कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा - 2017-06-30
काठमाडौं- असार- १६ दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको शुक्रबार अपराह्रनसम्म १८ स्थानीय तहको परिणाम घोषित भएको छ। घोषित परिणाम मध्ये एमालेले एक नगरपालिकासहित ९ स्थानीय तहमा जित हासिल गरेको छ भने कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित हासिल गरेको छ ।

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु - 2017-06-29
१५ असार, झापा । जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज केरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नगरपालिकाको कर्मचारीले गरे रकम दुरुपयोग । - 2017-06-28
रौतहट आषाढ़ १४ , गौर नगरपालिका कार्यालय रौतहटका कर्मचारीहरुले मिलोमतो गरी नेपाल सरकारले जेष्ठ नागरिक, दलित, महिला तथा अपाँगलाई समाजिक सुरक्षा वापत उपलब्ध गराउदै आएको रकम व्यापक दुरुपयोग गरेको रहस्य खुलेको छ ।

लागुऔषध सहित एक जना पक्राउ - 2017-06-28
१४ असार, काठमाडौं । प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौं आउदै गरेका मोरङ उर्लाबारी घर भई चावहिल बस्ने २१ बर्षे महेश श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी प्रभाग नागढुङगाले जानकारी दिएको छ ।

दोलखामा दुई घर बगायो, ४ जना बेपत्ता - 2017-06-28
१४ असार, काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित कुत्कुते डाँडा गाउँमा बुधबार बिहान दुई घर पहिरोले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये ३ जना एकै परिवारका हुन् । बिहान करिव १ः३० बजे पहिरो जाँदा मंगले थामीकी श्रीमती शान्ति थामी, छोरीहरु रोशनी थामी र सन्तोषी थामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

ढलानमा बलुवा प्रयोग भएको भन्दै स्थानीयले गरे विरोध - 2017-06-28
रौतहट १३ आषाढ़ रौतहट जिल्लाको गौर नगरपालिका वार्ड नम्बर १२ हालको वार्ड नम्बर ६ मा भैरहेको सड़क ढलानमा गुणस्तारहीन निर्माण सामग्री उपभोगता समितिले प्रयोग गरिरहेको भन्दै स्थानीय युवाहरुले विरोध गरेका छन !

डाक्टर जेवाको कारण गर्भवती महिला जोखिममा - 2017-06-27
रौतहट १२ आषाढ़ नियुक्त गरेका महिला डाक्टर जेवा तबस्सुमको हेलचक्रयाईको कारण प्रसव गराउन आउने महिलाहरुको जीवन जोखिमपूर्व भएका छन !

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178605
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top