जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


आज देखि सुरु रौतहटमा मेयर कप क्रिकेट टुर्नामेन्ट । - 2018-02-24
रौतहट फागुन १२ रौतहट जिल्लाको गौरमा रहेको एतिहासिक राईसमिल ग्राउण्डमा युवा बिकास केन्द्र रौतहटको आयोजनामा मेयर कप क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ।

प्रजन्न स्याहार केन्दको कार्याक्रम सम्पन्न - 2018-02-24
दिलीप पाण्डेय रौतहट ११ फागुन युनिसेफको आर्थिक सहयोगमा र नेपाल प्रजन्न स्याहार केन्द्र ¬(nfcc) काठमाण्डौं आयोजनामा progrme shairing meeting कार्याक्रम सम्पन्न भएको छ ।

स्थानियको गुनासोमा भठी तोडफोड , भठी संचालकलाई उनमुक्ति प्रति भठी १५ हजारको मासिक घुमुवाद्धारा उठाउने गरेको खुलासा - 2018-02-22
दिलीप पाण्डेय रौतहट १० फागुन गौर नगरपालिका वार्ड न.७ सिसवामा बिहिवार प्रहरीले अबैध रुपमा संचालित मदिरा भठीमा तोडफोड गरी नष्ट गरेका छन ।

मनोज पुन काण्ड : हत्या कि इनकाउण्टर । - 2018-02-22
फागुन १० बिहीवार भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्याका आरोपी पुनको मृत्यु गैरन्यायिक हत्या हो कि इन्काउन्टर भन्ने प्रश्न उब्जिएको छ।

बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ सम्पन्न - 2018-02-21
रौतहट, ९ गते फागुन । विश्व मातृ भाषा दिवसको अवसर पारेर रौतहटमा बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ सम्पन्न भएको छ । उक्त समारोहमा बज्जिका समाजवाट लोप हुदै गएको संस्कृतिको प्रस्तुती संगै समाग्रीको प्रदर्शन पनि गरिएको थियो ।

वीरगञ्ज नाकाबाट मात्रै ४३ अर्बको इन्धन आयात - 2018-02-21
फागुन ०९ चालू आर्थिक वर्ष २०७४र७५ को सात महीनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्यको इन्धन आयात भएको छ ।

रौतहटमा शस्त्र प्रहरी द्वरा ब्वाईलर कुखुरा पक्राउ । - 2018-02-20
रौतहट फागुन ०८ होली पर्व आउने लगत्तै रौतहट जिल्लाको नेपाल भारत सिमा नाकाबाट ब्वाईलर कुखुराहरु भित्र्याउने कार्य सुरु भएको छ।

तीनकुनेमा फेला परेको शंकास्पद वस्तु बम - 2018-02-20
काठमाडौं। काठमाडौंको तीनकुने स्थित बाग्मती पुलको छेउमै शंकास्पद झोला फेला परेको छ । झोलामा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको हो ।सो शंकास्पद बस्तु बमनै रहेको प्रहरीले आशंका रहेको छ । नयाँ वानेश्वर तीनकुने प्रहरी वृत अगाडि भेटीएको सो शंकास्पद बस्नु नजिकैको क्षेत्र अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।

विजयपुरमा बम विष्फोट, प्रहरी र पत्रकार घाइते - 2018-02-20
८ फागुन, पोखरा । कस्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178633
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top