जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


क्षतिपूर्ती र कार्वाहीको माँगगर्दै प्रशासन कार्यालय घेराउ - 2017-08-09
गौर । विषादीयुक्त पानी नदीमा बगाएपछि धान सुकेर पिडित भएका सयौं किसानहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय रौतहट घेराउ गरे ।बहुत मुश्किलले लगाएको धान ज्योती डिष्ट्रलरीको विषादीले सखाप भएपछि किसानहरु प्रशासन कार्यालय घेराउगर्दै दोषीलाई पक्राउ गर्न माँग गरेकाछन ।

मिर्चैयाबाट खयरका गोलिया बोकेको ५ ट्रक पक्राउ - 2017-08-07
हुलाकी न्युज, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाको मिर्चैया कटारी सडक खण्डमा फूलबरियाबाट प्रहरी र वनको संयुक्त टोलीले खयरको गोलिया बोकेको ५ ट्रक निमंत्रणमा लिएको छ ।

आज यसरी मनाईदै छ रक्षाबन्धन - 2017-08-07
23 साउन प्रेम र स्नेहको पवित्र दाजुभाई दिदीबहिनीबीचको पर्व रक्षाबन्धन आज तराईमधेशको २० वटा जिल्लामा धुमधामसंग मनाईदै छ । यस पर्वमा दिदीबहिनीहरुले फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामनदा गर्दै दाजुभाइको हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँधिदिने गर्छन् ।त्यसपछि दाजुभाईहरुले पनि दिदीबहिनीको जीवनमा आईपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपिया, कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन् ।

पहिरोले एकै परिवारका चारसहित ५ जनाको मृत्यु - 2017-08-04
२० साउन, काठमाडौं । बाग्लुङमा गएको पहिरोमा परी एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । एक बृद्धा वेपत्ता छिन् ।

जनकपुर उपमहानगरमा लुटपाट - 2017-08-01
१७ साउन, धनुषा । जनकपुर उपमहानगरपालिका ७ बालुवा टोल बस्ने अशोक साहको घरबाट गहना र नगदसहित ३ लाख बराबरको धनमाल लुटपाट भएको छ ।

लोडसेडिङको बिरोधमा स्थानीयको प्रदर्शन, प्रहरीसँगको झडपमा १५ घाइते - 2017-08-01
१७ साउन, बुटवल । दैनिक ६ घण्टा लोडसेडिङ गराएको भन्दै स्थानीय बिरोधमा उत्रिएपछि रुपन्देहीको मंगलापुर क्षेत्र तनावग्रस्त बनेको छ ।

दलित नेता रामको निधन - 2017-08-01
लहान, साउन १७ गते । राष्ट्रिय भूमि अधिकार मञ्चका पूर्व केन्द्रीय अध्यक्ष तथा दलित नेता बलदेव रामको आज बिहान हृदयाघातका कारण निधन भएको छ ।

मन्त्री शाहद्वारा जनकपुरधामका तलाउ शिलान्यास - 2017-07-31
१६ साउन,धनुषा शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु शाहले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय नगरीका रुपमा विकास गर्नका लागि विभिन्न तालतलैयाको शिलान्यास तथा उद्घाटन गरेका छन् । आज जनकपुरस्थित देवपुरा रुपैठामा रहेको नोची ठाकुर पोखरीको संरक्षण घाट निर्माण तथा सुन्दरताका लागि नोची पोखरीको शिलान्यास गरेका हुन् । त्यस्तै उनले महाराजसागर पोखरीको घाट निर्माण र मणिमण्डप निर्माणका लागिसमेत शिलान्यास गरेका छन् । त्यसैगरी जनकपुरको जानकी चोकस्थित अंगराज सर सागर पोखरीको घाट निर्माणको उद्घाटनको गरेका छन् ।

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ - 2017-07-31
१६ साउन, कैलाली । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह आरआइटी को टोलीले कैलालीमा अबैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178636
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top