जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रौतहटमा राहतको बहानामा प्रचार गरिदै ,स्थानीय प्रसाशन निष्क्रिय - 2017-08-18
१ भाद्र रौतहटमा राहतको बहनामा प्रचार गर्ने कार्य तीब्र रुपमा भइरहेका छन ! आसन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफनो पक्षमा मतदाता आकर्षण गर्ने उदेश्यले केहि राजनितिक दलका नेता उम्मेद्वारहारु तथा केहि कंपनीहरुले राहत वितरण गर्ने बहनामा आ आफ्नो प्रचार प्रसार गरिरहेका हुन !

रौतहटमा नेपाल प्रहरी द्वरा नि: शुल्क स्वास्थ्य शिविर सुरु! राहतको नाममा नौटङ्की। - 2017-08-17
रौतहट।भदौ १ । रौतहटमा बाढीले प्रभावित भएका ब्यक्तिहरुलाई बनजरहा गाउँपालिका र फतुवा महेशपुर गाउँपालिकामा नेपाल प्रहरी द्वरा नि:शुल्क स्वास्थ्य शिविर सुरु भएकाछन।

रौतहटमा बाढीबाट मृत्यु हुने १६ पुगे - 2017-08-15
३१ साउन, रौतहट । जिल्लामा बाढीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । मंगलबार बिहान मात्र पुरेनवा र सवगढामा दुई जनाको शव फेला परेको छ । अन्य तीन जना हराइरहेका छन् । जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको सरकारी निकायहरुको भनाइ छ । पाँच सयभन्दा बढी घर भत्किएका छन् भने करौडौंको बालीनालीमा नोक्सान भएको छ ।

रौतहटमा मृत्यू हुनेको सख्या १३ , बाढी तथा डुवान पिडितहरु राहतको पर्खाइमा - 2017-08-15
रौतहट ३० साउन रौतहटमा बाढीले बगाउदा सोमवार दिउसो सम्म १३ जनाको मृत्यू भएको छ । बाढी पिडितहरु राहतको पर्खाइमा छन । कतिपय गाउहरुमा तीन दिन देखी खोकै बस्न बाध्य छन । घरमा खानेकुरा भएपनि पखाउने साधन नहुदा उनीहरु थप पिडामा छन , सोमवार दिउसो सम्म जिल्लाको बिभिन्न स्थानहरु बाट बाढीले बगाउदा १३ जनाको मृत्यू भएको छ । सोमवार चारजनाको शव फेला परेको छ ।

बाढीको पानीले रौतहटका दर्जनौं गा.बि.स हरु डुवानमा ! अलिले सम्म कुनै सुबिधा न भएको। - 2017-08-12
रौतहट।श्रावण२८। बाढीको पानीले रौतहट जिल्ला राजपुर गाउपालिका को फतुहा महेशपुरको गोट टोल,पिपरा मत्सरी ,भलोहिया ,छतौना,पचरुखी,सरुआठा, गरुडा नगरपालिका लगायत अन्य गाउँहरु डुबानमा परेको छ ।

जमेकोले पानीले फतुहा महेशपुर लगायत दर्जन गा.वि.स.डुबानमा, १२ अगस्तको प्रभाव - 2017-08-12
रौतहट साउन २८ । लगातार वर्षाको कारणले रौतहट जिल्ला राजपुर गाउपालिका वार्ड नंं २ को फतुहा महेशपुरको गोट टोल,पिपरा मत्सरी ,भलोहिया ,छतौना,पचरुखी, लगायत अन्य डुबानमा परेको छ । गा.वि.स.हरु डुबानमा परेका छन । साविक फतुहा महेशपुर गाविसको वडा नं. १,२,३,५,६,७ डुबानमा परेको छ ।

जिल्ला शिक्षा कार्यालय रौतहटका सब इन्जिनियर घुससहित पक्राउ - 2017-08-11
२७ साउन, रौतहट । जिल्ला शिक्षा कार्यालय रौतहटका कर्मचारी ललन कुमार सिंह सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । घुस बापतको ३५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा गौरको विपी चोकमा रहेको एक चिया पसलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको टोलीले सिंहलाई पक्राउ गरेको हो ।

ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु - 2017-08-11
२७ साउन, काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका १ मालुंगामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते छन् । पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ५५४६ नम्बरको मालबाहक ट्रक गल्याङ नगरपालिकाको मालुंगास्थित तल्लो बजारीबाट सडकभन्दा २०० मिटर तल खसेको थियो ।

घर भत्किदा २ जनाको मृत्यु - 2017-08-11
२७ साउन, बागलुङ । निरन्तरको वर्षापछि बागलुङको गलकोट नगरपालिका ९ बडगाउँमा घरको गाह्रोले च्यापिएर दुई जनाको मृत्यु भएको छ !

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178643
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top