जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ - 2017-08-30
मेलम्ची, १४ भदौ । कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पुर्वी तराईमा सर्पदशंका विरामीहरुको संख्या बढ्दै - 2017-08-28
सुनसरी । हरेक वर्ष झै यस वर्ष पनि वर्षायामको समयमा पुर्वी तराईमा सर्पदशंको उपचार हुने स्वास्थ्य संस्थाहरुमा सर्पदशंका विरामीहरुको चाप उल्लेखिय रहेको छ । वर्षायाममा जमिनमुनी वस्ने सर्पको वासस्थानमा पानी जम्ने भएको कारण सर्प बाहीर आउने भएका कारण अन्य समयको तुलनामा वर्षायाममा सर्पदशंका विरामीहरुको संख्या वढी हुने गरेको हो ।

रौतहटमा आएको राहत दलालहरुले लुट्यो पीडित जनताहरु बाटोमा ओलियो - 2017-08-27
रौतहट।भदौ ११। रौतहट जिल्लाको हाल गठित दुर्गा भगवती गाउँपालिकाको पिपरा भलोहियाका जन्ताहरु राहत न पाएको भन्दै आक्रोसित भएकाछन। बाढी आएको दुई हप्ता बितिसक्दा पनि पीडितले राहत पाउन सकेका छैनन् ।

माहामारी रोक्न युनिसेफ सक्रिए - 2017-08-25
रौतहट भाद्र ९ साउन २९ गतेका दिन रौतहट जिल्लामा आएको बाढी पछिको माहामारी रोक्न युनिसेफ सक्रिए भएको छ । नेपाल सरकार र यूनिसेफ मिलरे दातृ निकाय भएर रौतहट बाढी पिडितलाई सहयोग गरिरहेको स्थानिय बासी हर्षित भएका छन् ।

सामाजसेवी शाहद्धारा गौर ११ सिसवामा राहत वितरण - 2017-08-25
भद्रा ९ रौतहट रौतहटमा आएको बिनाशकारी बाढीले प्रभावती भएका जनताहरुले ठूलो त्रासदी खेपिरहदा पनि सरकारी निकायबाट सुस्त गतिमा राहत वितरणको काम भईरहेको देखिन्छ । भने निजी क्षेत्रका दाताहरुबाट आफै गरी रौतहटबासीलाई राहत वितरण गर्ने कार्यमा तिव्रता बढेको देखिन्छ । सदरमुकाम गौर नगरपालिका वार्ड न.११ मा सामाजसेवी शम्भु साहले बास्तविक बाढीबाट क्षति भएका परिवारको यकिन गरेर घरमै गएर वितरण गरी राहत वितरण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडी बढाएका छन ।

रौतहटमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने। - 2017-08-25
रौतहट। भदौ ०९ रौतहट जिल्लाको राजदेवी नगरपालिकामा रहेको नेमधारी बासुदेव बिधालय मुडबल्वामा बिरगंज नारायणी अस्पतालका बरिस्ठ डाक्टरहरु द्वरा १ दिने नि:शुल्क स्वास्थ्य शिविर भोली अर्थात सनिवार १० बजेदेखि हुन गईरहेकोछ।

रौतहटबाट प्रहरी नायव उपरीक्षक भण्डारीको जि.प्र.काले गरे बिदाई । - 2017-08-25
रौतहट।भदौ ०८। रौतहट जिल्लामा पहिला अएको प्रहरी नायव उपरीक्षक नविण कृष्ण भण्डारी लाई प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेल सहित अाज जिल्ला प्रहरी कार्यालय रौतहटले बिदाई गरेकाछन।

रौतहटमा राहत बाँड्दै बलिउड अभिनेत्री मनिषा कोइराला - 2017-08-23
७ भदौ, रौतहट । जिल्लाका विभिन्न स्थानका बाढी पीडित महिलाहरुलाई राहत बाँड्न बलिउड अभिनेत्री मनिषा कोइराला रौतहट आएकी छिन ।

स्थानीय चुनावमा अर्को पार्टीलाई भोट गरेको भन्दै राहतबाट बन्चित भए सुनसरीबासी - 2017-08-23
इनरुवा, । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो र तर उनले राहत पाएनन् । कारण थियो, उनले दोस्रो चरणको स्थानीय तहमा गरेको मतदान । आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण आफूलाई राहत नदिएको उनले बताए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178644
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top