जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नयाँ बानेश्वरमा गोली चल्यो, निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन घाईते - 2017-10-09
काठमाडौँ काठमाडौँको नयाँ बानेश्वरमा भर्खरै गोली चलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले गोली चलेको खबर आएको बताएका छन्।

ताप्लेजुङ दुर्घटना अपडेटः घाइते दुई जनालाई उपचार गर्न काठमाडौं लगियो - 2017-10-09
२३ असोज, ताप्लेजुङ । पाथिभरा दर्शनका लागि गएका तीर्थयात्री चढेको जीप दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

तीर्थयात्री चढेको जीप ताप्लेजुङमा दुर्घटना, २ को मृत्यु, ३ गम्भीर - 2017-10-09
२३ असोज, ताप्लेजुङ । तीर्थयात्री बोकेको जीप ताप्लेजुङमा सोमबार बिहान दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० छातेढुंगास्थित सुकेटार पाथीभरा सडक खण्डमा मे १ ज १३०८ नम्बरको जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

जीप दुर्घटनामा इजरायली पर्यटकको मृत्यु, २ नेपालीसहित ९ विदेशी घाइते - 2017-10-09
२३ असोज, लमजुङ । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । लमजुङ सदरमुकाम बेंसीशहरबाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जिप आइतबार साँझ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको हो ।

राजपाले रौतहट क्षेत्र नं ४ बाट पूर्ब आई जीपि प्रदीप समशेरलाई भिड़ाउंने - 2017-10-08
रौतहट।अशोज 22 रास्ट्रीय जनता पार्टी रौतहटले क्षेत्र नम्बर चारका लागि प्रत्यक्षमा प्रतिनिधिसभाका लागि पूर्ब प्रहरी महानिरीक्षक एमं पार्टीका बरिस्ट नेता प्रदीप समसेर जबराको नाम केन्द्रलाई सिफारिस गर्ने सम्भावना रहेको देखिन्छ ।धेरै दसक प्रहरी सेवामा कार्यरत रही जनता सेवा गरेका जबरा जिबनका बॉकी समय पनि जनता सेवामा समर्पित गर्ने मानसिकताका साथ राजनितिक क्षेत्रमा प्रवेश गरेका कर्मठ र इमानदार छबिका ब्यक्ति हुन्

ट्याक्टरको ठक्करबाट चितवनमा एक जनाको मृत्यु - 2017-10-08
२२, असोज, चितवन । चितवनको रत्ननगरमा आइतबार विहान ट्याक्टरले ठक्कर दिादा एक जनाको मृत्यु भएको छ । ठक्करबाट घाइते भएका राप्ती नगरपालिका ४ निवासी ५६ वर्षीय मनोज पोखरेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपहरणको आरोपमा ६ जना पक्राउ - 2017-10-08
२२ असोज, भैरहवा । रुपन्देही युवतीलाई अपहरण गरेको अभियोगमा प्रहरी ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी ६ जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

करेन्ट लागेर बालिकाको मृत्यु - 2017-10-08
२२ असोज, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिकै करेन्ट लागेर चार वर्षीया बालिकाको शनिबार बेलुका मृत्यु भएको छ ।

धारिलो हतियार प्रहारबाट एकको मृत्यु, एक पक्राउ - 2017-10-05
सिरहा । सिरहामा भोटको विषयमा विवाद हुदा एक जनाको हत्या गरिएको छ । सिरहा नगरपालिका वडा नं २ का ४५ वर्षिय प्रताव रायलाई धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सिरहा नगरपालिका वडा नं २ बाट माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रहेका कुमर यादव १० हजार रुपैयाको खसी खाएकाहरुले भोट नदिएको विषयमा रायविच विवाद भएका थिए । किराना पसल थापेर बसेका राय स्थानीय युवाहरुलाई ‘तिमिहरु खसी खाएर भोट नदिएको’ भनेपछि असोज ७ गते विवाद सुरु भएको स्थानीयको भनाइ छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178602
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top