जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बसको ठक्करबाट एक वृद्धाको मृत्यु - 2017-10-10
२४ असोज, खोटाङ । बसको ठक्करबाट यहाँ एक वृद्धाको आज बिहान घटनास्थलमै मृत्यु भएको छ ।

लागुऔषधसहित तीन जना पक्राउ - 2017-10-10
२४ असोज, काठमाडौं । नागढुंगा प्रहरीले लागुऔषधसहित तीन जनालार्इ पक्राउ गरेको छ । बारादेखि काठमाडौं आउँदै गरेको ना ७ ख ८७९ नं को यात्रुवाहक बसमा लुकाएर लागुऔषध ल्याएका बाराको बारागढी गाउँपालिका १ पिप्रा वसतपुरका २४ वर्षका लक्ष्मण साह र सोही ठाउँका वर्ष २५ का जोगिन्दर सहनीलार्इ प्रहरीले पक्राउ गरेको हो ।

माछा मार्न गएका बालक तीन दिनदेखि बेपत्ता - 2017-10-10
अश्विन 24, मंगलबार माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीय सिमन पुन बेनपा–४ तातोपानीको फापरखेत पहिरोनजिक माछा मार्ने क्रममा आइतबार खोलाले बगाएर बेपत्ता भएका हुन् ।

म्यादी प्रहरीमा जागिर खुल्यो - 2017-10-10
२४ असोज, काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो ।

निर्माण व्यवसायी गौचन हत्याबारे अनुसन्धान तिब्र - 2017-10-10
अश्विन 24, मंगलबार निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हिजो गोली प्रहारबाट हत्या भएपछि प्रहरीले अनुसन्धान तिब्र पारेको जनाएको छ ।

जहाजभित्रै बच्चाको जन्म, यि बच्चाले पाए नेपाली आकाशमा जन्मने सौभाग्य - 2017-10-10
अश्विन 24, मंगलबार मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आइरहेको नेपाल एयरलायन्सको जहाजभित्र एक महिलाले बच्चाको जन्म दिएकी छन्। आकाशमा उडिरहेको अवस्थामा छाँयानाथ रारा नगरपालिका २ की २२ वर्षीया मायादेवी भामले छोराको जन्म दिएकी हुन्।

प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँकिदा ९ प्रहरी घाइते - 2017-10-10
सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सोमबार साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँकिदा ९ प्रहरीसहित ३ जना थुनुवा घाइते भएका छन् ।

रौतहटमा करेन्ट लागेर एक मजदुरको मृत्यु - 2017-10-10
२४ असोज, रौटहट । रौटहट जिल्लाको कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।

लागुऔषध सहित चार जना पक्राउ - 2017-10-09
२३ असोज, भैरहवा । रुपन्देहीमा पूर्वी क्षेत्र रोहणी गाउँपालिकामा ठूलो परिमाणमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178621
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top