जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


युटेरस रोगबाट ग्रसित दलित महिलालाई आर्थिक सहयोग - 2017-10-11
रौतहट २५ असोज । युटेरस रोगबाट ग्रसित दलित महिलालाई उपचार गराउनका लागि आर्थिक सहयोग गरिएको छ । रौतहटको हाल क्षेत्र नं २ बौद्धीमाई नगरपालिकाका वडा नं १ अजगैवी टोल निवासी रामचन्द्र महरा चमारकी ४० वर्षीय दया महरा चमार युटेरस रोगबाट ५ वर्ष भन्दा बढी समय देखि ग्रसित रहनु भएकोले उहाँको उपचार गराउनको हुन समाजसेवी युरोपको बेल्जियमा बस्दै आईरहनु भएकी क्षत्री समाज बेल्जियको महासचिव एवं एन।आर।एन।नि।वर्तमान उपाध्यक्ष यसोदा थापा र होलैण्डमा बस्ने नेपाली चर्चित अभिनेत्री बर्षा खडका दुबै जना संयुक्त रुपमा आफनो व्यक्तिगत तर्फबाट पीडित महरालाई सहयोग गर्नुभएकी छिन ।

गोली लागेर सप्तरीमा १ घाइते - 2017-10-11
२५ असोज, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा मंगलबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।

चार केजी चरेशसहित युवक पक्राउ - 2017-10-11
भीमदत्तनगर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागूऔषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ ।

रौतहटमा ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु - 2017-10-10
रौतहट, २४ असोज । रौतहट जिल्लाको फतुआ विजयपुर नगरपालिका वार्ड नम्बर १ स्थित गम्हरिया गाउँ नजिक रहेको लाल बकैया नदीको किनारमा माटो खन्न गएकी एक बालिकाको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

क्षत्री समाज बेल्जियद्रारा रौतहटका बाढीपिडितलाई कमबल वितरण - 2017-10-10
रौतहट २४ असोज । क्षत्री समाज बेल्जियद्घारा रौतहटका बाढीपीडित परिवारलाई लाई आज कमबल वितरण गरिएको छ । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापा, कृष्ण शृखडा र त्यस्तै होलैण्डमा बस्दै आईरहेकी बर्षा खडकाको बिशेष पहलमा रौतहटका ५० जना असहाय, गरिब, दलित बाढीपीडित परिवारलाई राहत स्वरुप कमबल वितरण गर्नुभएको छ ।

नीलकन्ठ सांकोष पशुपतिडाँडामा बस दुर्घटना ४३ जना घाइते - 2017-10-10
अश्विन 24, मंगलबार धादिङको नीलकन्ठ नगरपालिका वडा नम्बर–१२ सांकोष, पशुपतिडाँडामा मंगलबार दिउँसो एक यात्रीबहाक बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

इलाममा सर्पले डसेर मृत्यु - 2017-10-10
२४ असोज, विराटनगर । इलामको माई नगरपालिका– १० मा सर्पले डसेर मंगलबार एक महिलाको मृत्यु भएको छ ।

इलाममा युवकको हत्या - 2017-10-10
२४ असोज, इलाम । चुलाचुली गाउँपालिका–१ का १९ वर्षीय सन्दीप फागोको मंगलबार बिहान हत्या भएको छ ।

बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ घाइते - 2017-10-10
अश्विन 24, मंगलबार बाँकेको कुसुमस्थित लौकीखोला पुल नजिकै आज बिहान यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178613
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top