जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


यूरोप महिला सह–संयोजकमा अभिनेत्री खड्काको उम्मेदवारी - 2017-10-15
रौतहट २९ असोज । गैर आवासीय नेपाली संघ एन.आर.एन.को आठौं विश्व सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी चर्चित अभिनेत्री वर्षा खडकाले यूरोपका लागि महिला सह( संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन ।

विश्व हात धुने दिवस रौतहटमा पनि मनाइयो । - 2017-10-15
रौतहट, २९ अश्विन – विश्व हात धुने दिवस आइतबार रौतहटमा एक कार्यक्रम गरेर मनाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको आयोजनामा र युनिसेफको सहयोगमा आइतबार रौतहटमा विभिन्न विधालय, गाउपालिका तथा नगरपालिकामा एक कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइएको हो ।

१५ किलो गाँजासहित महोत्तरीमा तीन जना पक्राउ - 2017-10-15
असोज २९ । प्रहरीले महोत्तरीबााट गाँजासहित तीन जनालाई पक्राउ गरको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा १५ किलो गाँजासहित आइतबार बिहान तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो ।

सिरहामा बिष सेवन गरि एकै दिन तीन जनाको मृत्यु - 2017-10-14
सिरहा । सिरहामा एकै दिन तिन जनाको मृत्यु भएको छ । सिरहा नगरपालिका वडा नं २० लगडी गदियानिको सिकाज्योतीका २८ वर्षका चन्दन कुमार दास र २५ वर्षका नकुलदेवी दासले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गौरको नयाँ बसपार्कको ठेकेदार साहको लपरवाहीका कारण पार्कमा फोहरको अडा - 2017-10-13
रौतहट असोज २७ । रौतहट जिल्लाको गौरमा निर्माण भएका बसपार्कमा फोरह नै फोहर जम्मा भएकोछ।भने पार्क भित्र रहेको पसलहरुमा महिनौ देखि लाईन कटेको पसलहरुबाला जनाएकाछन।गौर नगरपालिकाबाट बारमबार सफा गर्नको लागि चेतावनी दिदा पनि ठेकेदार सुबोध साह कुनै वास्ता न गरि मात्र पैसा उसल्ने कार्य सुरु गरेकाछन।गौरका ठुल(ठुला ब्यक्तिहरु मिलि र पुर्व मेयर गौरी संकर यादवको विशेष सहयोगमा निर्माण भएको बसपार्क एउटा नालाको फोहर जस्तै बनेकोछ।भने गौर नगरपालिकाबाट साह करोडौंमा ठेक्का लिई आफ्नो मन पर्दो कार्य गरिरहेकाछन।गौरको एउटा ब्यवस्थित बसपार्क भएको तर जतातता फोहर नै फोहर भएको कारणले अब्यवस्थित बन्दै गईरहेकाछन। यस गौर नगरपालिका लाई सोधपुछ गर्दा ठेक्का उहाँको हो उहाँलाई नै यो कार्य गराउनु पर्छ। उहाँलाई बारमबार भन दिएछु सफा गर्न र सहज रुपामा सुबिधा दिनको लागि तर पनि ठेक्केदार साह आफ्नो मन पर्दो कार्य गरिरहोकोछ। त्यहाँबाट दिनहु ५० देखि ६० ओटा सवारी साधनहरु चल्ने गर्दछन।एउटा बसबाट दिनहु ११३को दरसे रकम उठाउँदा पनि बसपार्कलाई सफा बनाउन सकेकोछैन।

पोखरा जादै गरेको बस दुर्घटना, ६ जना घाइते - 2017-10-13
अश्विन 27, शुक्रबार पोखरा—बागलुङ राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहीबार भएको बस दुर्घटनामा छ जना घाइते भएका छन् ।

आज अन्तर्राष्ट्रिय बालिका दिवस मनाईंदै - 2017-10-11
अश्विन 25, बुधबार अन्तर्राष्ट्रिय बालिका दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । यस वर्षको बालिका दिवस विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाहरुले सामना गर्नुपर्ने चुनौती तथा अवसर पहिचान तथा ध्यानाकर्षणको सुरुवातका रुपमा मनाइदैछ ।

१३ वर्षपछि फरार अभियुक्त पक्राउ - 2017-10-11
अश्विन 25, बुधबार पर्वत प्रहरीले १३ वर्षदेखि फरार जन्मकैद सजायका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले कुश्मा नगरपालिका–९ कटुवाचौपारीका अर्जुन बैरागीलाई १३ वर्षपछि पक्राउ गरेको हो ।

सप्तरी र सर्लाहीमा गोली चल्दा एकजना हत्या र एकजना घाइते - 2017-10-11
२५ असोज, काठमाडौं । सप्तरी र सर्लाहीमा मंगलबार बेलुका गोली चल्दा एकजनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178635
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top