जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


१२ जना पक्राउ जुवातास खेलाउँदै गरेको अवस्थामा - 2017-10-25
भक्तपुर अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

आज छठपर्वको दोस्रो दिन ‘खरना’ रौतहटमा पनि मनाइदै - 2017-10-25
रौतहट, ८ कात्तिक रौतहटमा छठपर्व मनाउनका लागि धमाधम तयारी भइरहेको छ । भने पूजा सामग्री किनमेलका लागि अहिले बजारमा निकै चहलपहल बढेको पाइएको छ ।

हाँस्य कलाकार धुर्मुसको सहभागितामा गौर नगरपालिका मेयर तथा उपमेयर सरसफाई कार्यक्रम - 2017-10-24
रौतहट कार्तिक ०७ । हिन्दुहरुको सबै भन्दा ठूलो र पवित्र पर्व छठ पूजाको तयारीको अवसरमा रौतहटको सदरमुकाम गौर सहित विभिन्न स्थानहरुमा सरसफाइ र घाट सघाउने कार्य तिब्र रुपमा अघि बढेको छ ।

रौतहट ट्राफिक प्रहरीले चालु आवमा बीस लाख राजश्व संकलन - 2017-10-23
कार्तिक ६ रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आवको तीन महिनामा नियम विपरीत सवारीसाधन चलाउनेलाई कारबाही गरी रु २० लाख राजश्व संकलन गरेको छ ।

बुवाले छोरीलाई जवरजस्तीकरणी प्रयास गरेको आरोपमा पक्राउ - 2017-10-23
६ कात्तिक, गोरखा । आफ्नै छोरीलाई बारम्बार जबरजस्तीकरणी प्रयासको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

डेंगू रोगको संक्रमणबाट एकको मृत्यु - 2017-10-23
६ कात्तिक, सुरुङ्गा, झापा, डेंगू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंको म्हैपीमा गोली चल्यो, एक घाइते, ५ पक्राउ - 2017-10-22
राजधानीको म्हैपीमा आज बिहान गोली चलेको छ । गोली लागेर एकजना घाइते भएका छन् ।काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएका छन् । घुँडामुनि गोली लागेका गुरुङलाई उपचारका लागि शिक्षण अस्पताल महामराजगञ्ज पुर्‍याइएको छ ।

सुर्खेत आउँदै गरेको बस कालीखोलामा खस्यो - 2017-10-20
३ कात्तिक, सुर्खेत । जाजरकोटबाट सुर्खेत आउँदै गरेको बस कालीखोलामा खसेको छ ।

रौतहटमा गाई, गोरु र गोवर्द्धन पूजा गरिँदै - 2017-10-20
रौतहट ३ कात्तिक । आज गाई गोरु तथा गोवर्द्धन पूजा गरी बिशेष रुपमा मनाइँदैछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178612
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top