जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बढ्यो डिजेल, पेट्रोल र ग्यासको मूल्य - 2017-11-01
१५ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले खना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल ग्यासको मूलय बढाएइको हो ।

म्यादीमा भर्ना गराइदिन्छु भन्दै रकम असुल्ने तीन जना पक्राउ - 2017-10-31
१४ कात्तिक, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम असुल्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

यौन सम्बन्ध देखेपछि दिदीले प्रेमीसँग मिलेर भाइको हत्या गरिन् - 2017-10-31
कार्तिक १४ । भाइको हत्याको आरोप लागेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरिन् । आइतबार केही घण्टाको अन्तरालमा मिडियामा सार्वजनिक भएका दुई समाचार हुन् यी। दुवै समाचारमा प्रहरीको एकतर्फी दावी समेटिएको छ। न पीडित परिवारको केही भनाई छ, न घटनास्थलमा कोही गएका छन् । प्रहरीको दावीकारिताका बीच अनुगमनमा गएकाहरुको भने बेग्लै बोली बाहिर आएको छ। बालिकाको शव देखेका प्रत्यक्षदर्शी पत्रकार रामभरोसी महतो भन्छन् – हेर्दा यातना दिएको जस्तो देखिन्छ।

लाखसहित ९ जना जुवाडे पक्राउ - 2017-10-31
दाङ, १४ कार्तिक । जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङमा ९ जनालाई पक्राउ गरेको छ । जुवाको खालबाट प्रहरीले झण्डै ४ लाख रुपैयाँ पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बर्दिवासमा प्रहरीद्वारा गाजा खेती नस्ट - 2017-10-31
१४ कात्तिक, महोत्तरी । प्रहरीले बर्दिवास नगरपालिका–५, सोनापट्टीमा स्थानीयबासीले लगाएको गाजा खेती नस्ट गरेको छ ।

१३ जना यात्रु बोकेको गाडी भिरबाट खस्यो - 2017-10-30
१३ कात्तिक, गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिका ४ मा गाडी ९माइक्रो दुर्घटना भएको छ ।

प्रहरी हिरासतमै गरे एकजनाले आत्महत्या - 2017-10-29
सिरहा । प्रहरी हिरासतमा रहेका एक जनाले आत्महत्या गरेको छ ।

बस दुर्घटनाको शोकमा आज सप्तरीका सबै स्थानीय तह बन्द - 2017-10-29
सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सप्तरीका सबै स्थानीय तहले आज शोक मनाउने भएका छन् । सबै स्थानीय तहमा आज एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिनुभयो ।

प्रहरीको गोली लागेर एक प्रर्दशनकारीको मुत्यु - 2017-10-27
आज बिर्तामोडमा प्रर्दशनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक प्रर्दशनकारीको मुत्यु भएको छ । मृत्यु हुने अर्जुनधारा–११ का नरेश थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178625
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top