जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


समाज पटक पढिएको दिलीप पाण्डेय


४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ


गौर,२८ चैत । रौतहटको सोनरनिया नाकाबाट रातीको सयमा मोटरसाईकलमा भन्सार छलेर ल्याउदै गरेको समान बरामद गर्न खोज्दा तस्कर समुहले सशस्त्र प्रहरी माथिनै जाई लागेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेर चारवटा मोटरसाईकल सहित एकजना तस्करलाई पक्राउ गरेक छ ।

तस्कर र तस्करी भएर आएको समान बरामद गर्नका लागि सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । 

मंगलबार राती १ बजेको समयमा चार वटा भारती नम्बरको प्लाटिना मोटरसाईकलमा साडी ,सुर्ता सुरुवाल ,थान कपडा भन्सार छलेर ल्याउदै गरेको सुचनाका आधारमा गएको सशस्त्र प्रहरी माथिनै तस्कर समुह आई लागेपछि उनीहरुलाई तितर बितर गर्नका लागि एक राउण्ड हवाई फायर गर्नु परेको सिमा सुरक्षा वल रौतहटका एसपी प्रेम पोखरेलले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरीले चार वटा प्लाटिना मोटर साईकल भारत बिहार घर भएका तस्कर विकास कुमार र करिव पाच लाख बराबरको कपडा बरामद गरेको पोखरेलले जानकारी दिएका छन् । जिल्लाको बिभिन्न नाका भएर पछिल्लो समय तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा गस्ति बढाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


जनकपुरमा एक किशोरीलाई मुख बाँधेर चार जनाले बलात्कार गरेको आरोपमा पक्राउ - 2017-11-17
मंसिर १ । जनकपुरमा एक किशोरीलाई ग्याङ्गरेप गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि किशोरीको मुख बाँधेर नहरमा लगि बलात्कार गरेको आरोप छ ।

कैलालीको उपमहानगरपालिकाबाट पेस्तोलसहित एक युवक पक्राउ - 2017-11-16
कैलाली, कात्तिक ३० । कैलालीको धनगढी उपमहानगरपालिकाबाट पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मलंगवामा गोली प्रहारबाट सर्लाहीका एक व्यापारी घाइते - 2017-11-16
कात्तिक ३०, मलंगवा : भारतको सीतामढीबाट सर्लाहीको मलंगवामा आउने क्रममा सोनवर्षाको चिलरी भन्ने स्थानमा एक कवाड व्यापारीमाथि गोली प्रहार भएको छ ।

पेस्तोलसहित दुई जना पक्राउ - 2017-11-12
२६ कात्तिक बाँकेमा एयरगन पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं ६, फत्तेपुरको ढलैयाबाट प्रहरीले जयबहादुर बुढाथोकी र गोपाल रोकायलाई पक्राउ गरेको हो ।

रौतहटको चन्द्रपुरमा डेंगुबाट एकको मृत्यु, दुर्इ दर्जन बढी बिरामी - 2017-11-12
२६ कात्तिक , रौतहट । रौतहटमा डेंगुबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ रौराई का ४० वर्षे मोतिराम गोलेको मृत्यु भएको होडेंगुको संक्रमण भएपछि उपचारका लागि चितवन भरतपुरमा उपचार हुँदै गर्दा गोलेको मृत्यु भएको हो ।

गोरखामा आठ जना कार्यकर्ता पक्राउ - 2017-11-12
२६ कात्तिक, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना कार्यकर्तालाइ पक्राउ गरेको छ ।

बस दुर्घटनामा तीनको मृत्यु - 2017-11-12
२६ कात्तिक बैतडी, बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेकोे यात्रुबस भीमदत्त राजमार्गमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पहिलो चरण चुनावका लागि मतदाता परिचयपत्र मंसिर ८ र ९ गते वितरण हुने - 2017-11-12
२६ कात्तिक मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा चुनाव हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने भएको छ ।

रौतहटमा निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र - 2017-11-12
रौतहट २६ कात्तिक प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहट स्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ । जिल्लाका सुुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँुदै गएको अवस्थामा तस्करहरुले विभिन्न बहानामा तीव्ररुपले वन विनाश गर्न थालेका हुुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178601
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top