जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
खेलकुद


नेपालले एएफसी यू १६ महिलाको छनोट प्रतियोगिताको आयोजना गर्ने


खेलकुद पटक पढिएको


नेपालले एएफसी यू १६ महिलाको छनोट प्रतियोगिताको आयोजना गर्ने


जेष्ठ १७ एएफसी यू १६ महिला फुटबल च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले समूह ‘ई’ का खेल आयोजना गर्ने भएको छ । पछिल्लो संस्करणमा शीर्ष तीनमा रहेका उत्तर कोरिया, दक्षिण कोरिया र जापानले अर्को संस्करणको लागि सोझै फाइनल चरणमा प्रवेश पाउने भएका छन् ।नेपालसहित एसियाका अन्य ३० राष्ट्र दोस्रो चरणको प्रवेशका लागि छनोट चरणमा प्रवेश गर्नेछन् ।

६ समूहमा रहेको छनोट चरणबाट ८ टोली दोस्रो चरणमा पुग्नेछन् । छनोट भएका ८ टोलीलाई दुई समूहमा विभाजन गरिने र त्यसमा समूहका शीर्ष २ टोली अर्को वर्ष हुने फाइनलका लागि छनोट हुनेछन् । नेपाल, बंगलादेश कीर्गिस्तान, मंगोललिया, श्रीलंका र ताजकिस्तानले पहिलो चरणको छनोट आयोजना गर्नुपर्नेछ । समूहका सबै टोलीले एकअर्काको सामना गर्नेछन् । नेपाल रहेको समूह इमा फिलिपिन्स, म्यानमार, मलेसिया र सिरिया छन् । त्यस्तै समूह इमा श्रीलंकासहित चीन, उज्वेकिस्तान, जोर्डन, ग्वाम छन् ।त्यस्तै समूह बीमा मंगोलिया, लाओस, हङकङ र पाकिस्तान छन् । थाइल्यान्ड, इरान, नर्दन मारियाना आइल्यान्ड् र सिंगापुर समूह सीमा छन् । समूह डीमा अस्ट्रेलिया, चाइनिज ताइपे, कीर्गिस्तान, प्यालेस्टाइन र इन्डानेसिया छन् भने बंगलादेश , भियतनाम, यूएई, बहराइन र लेबनान समूह एफमा छन् । पहिलो चरण सेप्टेम्बर १५ देखि २३ सम्म हुनेछ । दोस्रो चरणको छनोट सन् २०१९ को फेब्रुअरी २३ देखि मार्च ३ सम्म हुनेछ ।यसैगरी बुधबार निकालिएको एएफसी यू(१९ महिला फुटबल प्रतियोगिताको छनोटमा नेपालले समूह ‘बी’ मा थाईल्यान्ड, भारत, पाकिस्तान र सिंगापुरको सामना गर्नेछ । अक्टोबर महिनामा हुने छनोटको चरणका खेलहरु थाईल्यान्डमा हुनेछन् । नेपालले यू(१४ माथिको महिला उमेर समूहमा पहिलो पटक सहभागिता जनाउन लागेको हो । यसअघी नेपाल आफैंले सन् २०१५ मा यू(१४ महिला फुटबल प्रतियोगिता आयोजना गर्दा फाइनल खेल अगाडी महाभूकम्प आएको थियो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


तयार भयो हेटौँडामा क्रिकेट मैदान - 2018-01-12
हेटौँडा, २८ पुस । मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् ।

फुटबल खेल्दाखेल्दै एकको मृत्यु - 2017-10-11
२५ असोज, बर्दिया । दशैं तथा तिहारको अवसरमा ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

युभेन्टसको सहज जित - 2017-05-04
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा युभेन्टसले घरेलु टोली ए.एस मोनाकोलाई २-०ले पराजित गरेको छ।

राष्ट्रिय स्तरको हकि खेल हेटौडामा - 2017-04-13
हकी खेलमा प्रदेशनंम्बर १, २, ३, ४, ७ र बिभागीय नेपाल आर्मी सहितको ६ टिमको सहभागिता हुने जिल्ला खेलकुद बिकास समिति मकवानपुरका सचिब राजन दाहाल खुसराजले जानकारी दिए ।

भीम गुरुङ दाेस्रो उपाधि - 2017-04-11
विश्वकै चिसाे स्थानमा भएकाे 'नर्थ पोल म्याराथन'मा नेपालका भीम गुरूङ दास्रो भएका छन् । उनले ४२ किमीको दुरी ४ घन्टा १८ मिनेटमा पुरा गर्दै दोस्रा भएका हुन् ।

PREV 1 2

ताजा समाचार


धेरैले पढेको

264548
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top