जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


राजनिति पटक पढिएको


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


चैत १२ गत्ते, रौतहट । भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर एवं रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् । सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो ।

ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो । गएको जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख रुपैयाँ फिरौती लिएको आरोप यादवमाथि छ । 

उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाही कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरीले जनाएको छ । 

रौतहटको गरुडा नगरपालिका ६ अमरपटी टोलका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन् ।

रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका चारवटा मुद्दा छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रौतहटको गौरमा मतगणना शुरु हुदै - 2017-12-08
रौतहट २२ मंसीर रौतहटको चार वटै निर्वाचन क्षेत्रको मतगणना शुरु हुन लागेको छ । सर्वदलिय बैठक बिहानै सकिएको छ ।

काँग्रेस विषालु सर्प हो, मधेश र मधेशीलाई डस्ने काम गर्यो अनिल झा - 2017-12-04
रौतहट, १८ मंसिर । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि उम्मेद्धवार अनिल झाले कांग्रेसलाई भोट माँग्ने नैतिक अधिकार नभएको आरोप बताएका छन् ।

संविधान संशोधन गर्ने हैसियत कांग्रेसबाहेक अरुसँग छैन कृष्ण यादव - 2017-12-04
रौतहट, १८ मंसिर । सोमबार रिपोर्टर्स क्लब नेपालले रौतहटको गौरमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले संविधान संशोधन गर्ने हैसियत कांग्रेसबाहेक अरुसँग छैन बताए ।

केन्द्रमामात्रै होईन, २ नम्बर प्रदेशमापनि हामी सरकार बनाउँछौं : मिश्र - 2017-12-04
रौतहट, १८ मंसिर । रौतहट क्षेत्र नम्बर ४ का लागि वाम गठबन्धनका तर्फबाट उम्मेद्धवार रहेका एमाले नेता डा. वंशिधर मिश्रले जनता वाम गठबन्धनको पक्षमा भएकोले यो निर्वाचनमा बहुमत ल्याउनबाट कसैले नरोक्ने बताएका छन् ।

ढुक्क हुनुहोस कांग्रेसले बहुमत ल्याउँछ देवी तिमिल्सिनाल - 2017-12-04
रौतहट, १८ मंसिर । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेद्धवार बनेका देवी तिमिल्सिनाले अबको निर्वाचनमा कांग्रेसले नै बहुमत ल्याउने दाबी गरेका छन् ।

कांग्रेस, एमाले र माओवादी मधेशको हित कहिल्यैपनि चाहँँदैनन बृजकिशोर यादव - 2017-12-04
रौतहट, १८ मंसिर । संघीय समाजवादी फोरम नेपालका क्षेत्र नम्बर ३ प्रदेश सभा “ख” का उम्मेद्धवार वृजकिशोर प्रसाद यादवले ः कांग्रेस, एमाले र माओवादी सबै मधेश विरोधी पार्टी रहेको छ ।

रौतहटमा उम्मेदवारलाई पैसा दिँदै मतदाता - 2017-12-04
१८ मंसिर, रौतहट । धेरै ठाउँको निर्वाचनमा उम्मेदवारले मतदातालाई रकम बाँडेको चर्चा भइरहँदा रौतहट प्रतिनिधिसभा क्षेत्र नं ३ मा भने ठीक उल्टो मतदाताले उम्मेदवारलाई पैसा दिएको पाइएको छ ।

राजपाको समर्थन बढदै झालाई जिताउन जनता खुशि - 2017-12-04
रौतहट १८ मंसिर रौतहट क्षेत्र नं. १ का राजपाका तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिनुभएको पूर्व मन्त्री अनिल कुमार झाको समर्थनमा बढदै गएको जनताहरुको झुकावका कारण विपक्षी पार्टीहरुको लागि ठुलो चुनौतीको विषय बन्दै गएको छ ।

बिधायकमा बाबुलाल साह लाई जिताउन जनता उत्साहित - 2017-12-04
रौतहट १८ मंसिर रौतहट क्षेत्र नं. १ का राजपाका तर्फबाट प्रदेश सभा सदस्यको लागि क बाट उम्मेदवारी दिनुभएको पूर्व मेयर बाबुलाल शाहको समर्थनमा बढदै गएको जनताहरुको झुकावका कारण विपक्षी पार्टीहरुको लागि ठुलो चुनौतीको विषय बन्दै गएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

ताजा समाचार


धेरैले पढेको

178920
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top