जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


राजनिति पटक पढिएको


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


चैत १२ गत्ते, रौतहट । भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर एवं रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् । सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो ।

ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो । गएको जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख रुपैयाँ फिरौती लिएको आरोप यादवमाथि छ । 

उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाही कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरीले जनाएको छ । 

रौतहटको गरुडा नगरपालिका ६ अमरपटी टोलका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन् ।

रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका चारवटा मुद्दा छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नपत्याउने जस्तो फोरम नेपालले ल्यायो प्रदेश सभा र प्रतिनिधि सभा सदस्य सिट ( नाम सहित ) - 2017-12-12
संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रतिनिधि र प्रदेश सभा सदस्यमा विजयी उम्मेदबारहरुको सूचिस्

४६ जिल्लामा कांग्रेसको नजिता शून्य - 2017-12-12
प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ४६ जिल्लामा एक स्थान पनि विजयी हासिल गर्न सकेन । यी जिल्लामा कांग्रेसको नतिजा शून्य भएको छ ।

विजयी र्‍यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु - 2017-12-11
मंसिर २५, नुवाकोट नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ ।

महोत्तरीको क्षेत्र नं २ मा राजपा अध्यक्षमण्डल सदस्य शरतसिंह भण्डारी निर्वाचित - 2017-12-11
मंसिर २५ महोत्तरी महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले विजयी हासिल गर्नुभएको छ ।

रौतहटमा क्षेत्र नं १ राजपा फोरम मधेशीवादीको कव्जामा, - 2017-12-10
रौतहट, मंसीर २४, मंसीर २१ गते भएको गणतन्त्र नेपालको पहिलो प्रतिनिधि र प्रदेश सभाको चुनावमा प्रदेश नं २ मधेशमा मधेशवादीको वर्चश्व हुने पक्क भएको छ ।

रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर - 2017-12-10
२४ मंसिर, काठमाडौं । रौतहटको क्षेत्र नं २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।

रौतहट क्षेत्र नं ३ बाट वाम गठबन्धन तर्फ बाट प्रभु साह विजयी - 2017-12-10
२४ मंसिर, रौतहट । वाम गठबन्धनले प्रदश नं २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ ।

रौतहट क्षेत्र नं १ मा राजपा अगाडि । - 2017-12-09
रौतहट, २२ मंसिर । रौतहटको क्षेत्र नम्बर १ मा राजपा नेपालका उम्मेदवारले अग्रता लिएको छ ।

मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट - 2017-12-08
मंसिर २२, २०७४ जिल्लाको भित्री मधेसअन्तर्गत पर्ने परशुराम नगरपालिकाका मतपेटिकालाई सदरमुकाम ल्याउने क्रममा बाटोमा बम विस्फोट भएको छ । तर कुनै क्षति भएको छैन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

ताजा समाचार


धेरैले पढेको

178916
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top