जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


राजनिति पटक पढिएको


जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर पक्राउ


चैत १२ गत्ते, रौतहट । भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर एवं रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् । सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो ।

ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो । गएको जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख रुपैयाँ फिरौती लिएको आरोप यादवमाथि छ । 

उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाही कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरीले जनाएको छ । 

रौतहटको गरुडा नगरपालिका ६ अमरपटी टोलका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन् ।

रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका चारवटा मुद्दा छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


डा गोविन्द केसीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस जारी,आजै निर्णय सुनाउने तयारी - 2018-01-10
२६ पुस डा गोविन्द केसीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस जारी छ । केसी विरुद्ध दायर मुद्दामाथि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सुरु भएको हो । सुरुमा सर्वोच्चका तर्फबाट बहस भइरहेको छ ।

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका २७ गते सार्वजनिक गरिने - 2018-01-09
पुस २५ काठमाडौं– सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको छ । गत शक्रबार माघ २४ गते गर्नेगरी सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो ।

केसी पक्राउ प्रकरणमा मोर्चाले भन्यो– राज्य निरंकुशतातिर उन्मुख भयो - 2018-01-09
पुस २५ काठमाडौं– सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले डा गोविन्द केसीलाई गिरफ्तार गरेर राज्य निरंकुशता तिर उन्मुख भएको देखिएको टिप्पणी गरेको छ ।

को को बन्ने भए समानुपातिकबाट सांसद ? यस्तो छ सुची - 2017-12-14
२८ मंसिर प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको एक करोड पाँच लाखमध्ये आधा मत गन्दा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । त्यसैले राष्ट्रिय पार्टीका रूपमा उनीहरूले मात्रै समानुपातिकको एक सय १० सिटको वितरणमा सहभागी हुन पाउनेछन् ।

प्रदेश प्रमुख र अस्थाई राजधानी आज तोकिदै - 2017-12-14
२८ मंसिर एमाले र माओवादीका नेताहरुको असन्तुष्टिका बीच सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । प्रदेश सभामा निर्वाचित सांसदहरुलाई सपथग्रहण गराउनका लागि प्रदेश प्रमुख तत्काल आवश्यक भएकाले प्रदेश प्रमुख नियुक्त गर्न लागिएको मन्त्रीहरुले बताएका छन् ।

नेपाली कांग्रेसका विजयकुमार गच्छदार अग्रता लिदै - 2017-12-13
सुनसरी क्षेत्र नम्बर ३ मा पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले अग्रता लिइरहेका छन्। उनले वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरीलाई पछि पार्दै आएका छन्।

देउवाकै प्रदेशमा कांग्रेस किन पछि - 2017-12-13
मंसिर 27 ‘वाम गठबन्धनको राष्ट्रवाद र स्थिर सरकारको नारा, गठबन्धनपछि उनीहरुले नै जित्छन् भन्ने मनोविज्ञानका कारण देशभरि आएको वाम लहरले कांग्रेसको आधारक्षेत्र पनि भत्कायो ।’

प्रतिनिधिसभाका १६४ र प्रदेशसभाका ३२९ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न - 2017-12-13
२७ मंसिर मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

महोत्तरीमा प्रत्यक्ष तर्फ १३ प्रतिशत मत बदर - 2017-12-13
महोत्तरी । महोत्तरीमा प्रत्यक्षतर्फ १३ प्रतिशत मत बदर भएको छ । दोस्रो चरण अन्तर्गत भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ १३ प्रतिशत मत बदर रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ । कुल खसेको मतको ७।१४ प्रतिशत प्रतिनिधि सभामा र ५।८६ प्रतिशत प्रदेशमा मत बदर भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

ताजा समाचार


धेरैले पढेको

178917
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top